Jilla Ban Notis

भगवान श्रीराम नेपालमै जन्मिएको बताएपछि माडीका मेयरले पण्डित बोलाएर छलफल गरे ।

0 22

चितवन,साउन ३

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्री राम नेपालमै जन्मिएको बताएपछि यसले नेपाल र भारतमा तरङ्ग ल्याएको छ । प्रधानमन्त्रीको भनाईको पक्ष र विपक्षमा धेरै प्रतिकृया आएका छन् ।
कायाकैरन दिैनिकवाट
प्रधानमन्त्रीको भनाईसँगै राम र अयोध्यासँग जोडिएका तथ्यहरुबारे सामाजिक सञ्जालहरुमा बहस भइरहेको छ । प्रधानमन्त्री ओलीले सोमबार पर्साको ठोरी र चितवनको माडी क्षेत्रमा रामको जन्म भएको दाबी गरेका थिए । यही दाबीबारेको तथ्य बुझ्न सम्बन्धित स्थानका स्थानीय तहहरुले धार्मिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुलाई बोलाएर जानकारी लिएका छन् ।

चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले मंगलबार स्थानीय धार्मिक ज्ञाताहरुसँग छलफल गरेका थिए । चितवनको माडीमा रामसँग जोडिएका धेरै धार्मिक स्थलहरु छन् । साविकमा अयोध्यापुरी गाविस नै चितवनमा थियो । सो गाउँपालिका अहिले माडी नगरपालिकाको–८ नम्बर वडामा पर्दछ । साविकको अयोध्यापुरी गाविसको वडा नम्बर ६ मा अयोध्या भन्ने ठाउँ नै रहेको छ ।
अयोध्यापुरीमा सीता–राम गुफा छ । यस विषयमा धर्मशास्त्र समेत केलाउन आवश्यक रहेको भन्दै मेयरले छलफल थालेका हुन् । मेयरले सो क्षेत्रको धार्मिकस्थलहरुको विषयमा जानकार युवा पण्डित सुदर्शन सुवेदी, महेश्वर पौडेललगायतसँग छलफल गरेका थिए । कायाकैरनसँग कुरा गर्दै सुवेदीले मेयरसँगको छलफलमा अब माडी र आसपासका क्षेत्रमा रहेका धार्मिकस्थलहरुको विषयमा थप अध्ययन गर्ने निर्णय भएको बताए । “हामी भोली अन्य विज्ञहरुसँग पनि छलफल गरेर अध्ययनमा लाग्नेछौं”, उनले भने, “यहाँको धार्मिक महत्वबारे सबैलाई जानकारी गराउनेछौं ।”

माडीकै वडा नम्बर १ मा वाल्मीकि आश्रम रहेकाले पनि ठोरी र माडी क्षेत्रमा अयोध्या भएको प्रसंग मिल्ने मेयर ढकालको दाबी छ । वाल्मीकि आश्रममा सीता बसेको, लवकुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण रहेको ज्ञाताहरु बताउँछन् । सीता–राम गुफा, वाल्मीकि आश्रमलगायतका स्थान माडी र ठोरी क्षेत्रमा भएकाले अयोध्या नेपालमै भएको प्रमाण हुनसक्ने ढकालको दाबी छ । मेयर ढकालले ज्ञाताहरुलाई बोलाएर धार्मिक ग्रन्थहरुमा के उल्लेख छ भन्ने जानकारी लिन थालेको जानकारी दिए । उनले तथ्यहरु संकलन गरेपछि थप खोज र अनुसन्धानका लागि संयन्त्र नै निर्माण गरिने बताए ।

धार्मिक क्षेत्रको पहिचान र खोजमा सकृय रहँदै आएका लोकमणि पौडेलले रामको जन्मभूमि नेपालमा रहेको आठ वटा तथ्य सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीको भनाई पनि उनको तथ्यसँग मिल्दो छ । मेयर ढकालले उनलाई पनि माडी ल्याएर उनको तथ्यको आधारमा खोजी गर्ने बताएका छन् । पर्साको ठोरी गाउँपालिका स्थायी घर भएका जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने पनि अयोध्या नेपालमै भएको धेरै प्रमाण रहेको बताए । प्रधानमन्त्रीले अयोध्या वीरगञ्जबाट पश्चिम ठोरीमा रहेको बताएका थिए ।           @ कायाकैरन दैनिकवाट

Leave A Reply

Your email address will not be published.