Sarawal sit lahar Notis

बर्दघाट नगरपालीका क्षेत्रमा कोरोना संक्रमित ५ जना थपिए

0 31

फूल कुमारी ढकाल

बर्दघाट, असार २३

बर्दघाट नगरपालीका क्षेत्रमा थप ५ जना कोरोना संक्रमित थपिएका छन् । गत ११ गते लिएको स्वास संकलनको रिपोर्टमा थप ५ जनाको पि.सी. आर. रिपोट पोजेटिभ आएको छ । बर्दघाट नगरपालिकाले स्थापना गरेको वडा नं. ४ को अस्थाई क्वारेन्टाईनमा रहेका २ महिलाहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको बर्दघाट नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनु भएको छ । उहांका अनुसार दुवैजना महिला भारतबाट आएका हुन । ४३ र २० वर्षीय ति महिलाहरुसंगै वास संकलन गरीएका वडा नं. १२ को अस्थाई क्वारेन्टाईनमा रहेका २९ वर्षीय एक पुरुष,को पनि रिपोर्ट पोजेटिभ आएको छ । उनी भारतको दिल्लिबाट आएका थिए । त्यसैगरी वडा नं. १५ को अस्थाई क्वारेन्टाईनमा रहेकी २८ वर्षीय कुवेतबाट आएकी महिला र दिल्लिबाट आएकी ३० वर्षीय महिलामा पनि कोरोना देखिएको बर्दघाट नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनु भएको छ । पि.सी. आर. पोजेटिभ देखिएका सबै जनालाई अहिले बुटवलको देविनगरमा रहेको ऐन्फा क्वारेन्टाईनमा राखिएको छ ।
यो संगै बर्दघाट नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । संक्रमित १२ जना मध्ये २ जना उपचारपछि घर फर्किसकेका छन् भने बांकी १० मध्ये २ जना कोरोना अस्पताल बुटवल र ८ जनाको बुटबल ऐन्फा क्वारेन्टाईनमा उपचार भैइरहेको ज्ञवालीले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.