sunwal

आदर्श माबि खोखरपुरामा प्राबिधिक शिक्षा पठनपाठन हुने ।

111

उमेश बि क

सरावल १७ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं। १ को आदर्श माबि खोखरपुराले प्राबिधिक शिक्षा पठनपाठन गराउने भएको छ ।दुर्गमका विद्यार्थी महङ्गो तिरेर बाहिर जानुपर्ने बाध्यता भएपछि विद्यालयले गाउँमा नै पठनपाठनको व्यवस्था गरेको हो । शिक्षा तथा मानव श्रोत बिकाश केन्द्रबाट स्कृत प्राबिधिक तथा व्यवसायीक शिक्षा धार अन्तर्गत सिभिल इन्जिनियर शैक्षिक बर्ष २०७७ बाट कक्षा ९ बाट सन्चालन हुने आदर्श मा।बि खोखरपुराका प्रधानाध्यापक देव नरायण चौधरीले जानकारी दिनुभएको छ।विगतमा विद्यार्थीहरुले प्राबिधिक शिक्षा पढ्न महङ्गो पैसा खर्च गरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो । विद्यार्थीको सुविधालाई ध्यानमा राखेर सिभिल इन्जिनियर प्राबिधिक शिक्षा पठनपाठनको व्यवस्था गरिएको विद्यालय प्रधानाध्यापक चौधरीले बताए ।नेपालमा हाल सबै ठाउँमा प्राबिधिक शिक्षाको आवश्यकताबारे बहस भइरहदा दुर्गम क्षेत्रमा यसको अझै महत्व रहेको बताउनु भएको हो ।