Bardaghat notish

वडास्तरिय सामुदायिक क्वारेनटाइन संचालनको तयारी ।

159

रमेश भुसाल
सुनवल,जेठ ७
सुनवल नगरपालिका वडा नम्वर ६ ले वडास्तरिय सामुदायिक क्वारेनटाइन संचालनको निम्ती सर्वपक्षिय छलफल भएको छ । वडाध्यक्ष राम प्रसाद तामाङ लामाको अध्यक्षतामा सर्वपक्षिय वैठक वसेको हो । सो वैठकले वडास्तरिय क्वरोन्टाइन व्यावस्थापनको लागी वडाध्यक्ष लामाको संयोजकत्वमा १५ सदस्य समिति गठन गरेको छ । त्यस्तै वडास्तरीय क्वारेन्टाइन छनोटको लागी वडा भित्र रहेको जनसेवा मा।वि विसासय र वाल्मिकी आधारभुत विद्यालय तिलकाना लाई क्वारेन्टाइन वनाउने निर्णय भएको वडाध्यक्ष राम प्रसाद तामाङ लामाले जानकारी दिनुभयो ।
पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण वढ्दै जानु र भारतबाट दिनानुदिन नगरवासीहरु घर फर्केको अवस्था छ । यहि अवस्थालाई मध्यनजर गर्दै सुनवल ४ रमवापुरमा निर्माण गरेको नगरस्तरीय क्वरेन्टाइनको क्षमताले मात्र व्यावसथापन गर्न चुनौतिपुर्ण भएकाले सवै वडाहरुमा वडास्तरीय क्वारेन्टाइन निर्माणको निम्ती नगरपालिकाको निर्देशन अनुरुप वडास्तरिय सामुदायिक क्वारेन्टाइन निर्माणको निम्ती बैठक सम्पन्न गरेको वडा कार्यालयले जनाएको छ ।