Holi asnjal makar GURU

नेपाल विद्यार्थी संघ नवलपरासीद्धारा विरोध प्रर्दशन ।

44

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१२
नेपाल विद्यार्थी संघ नवलपरासीले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै शुक्रबार बर्दघाटमा विरोध प्रदर्शन गरेको छ । पाँचर–पाँच जना जम्मा भएर विरोध प्रदर्शन गर्ने नेविसंघको केन्द्रीय परिपत्र अनुसार नेविसंघ नवलपरासीले बर्दघाट बजारमा संकेतीक रुपमा प्लेकार्ड सहित विरोध प्रर्दशन गरेको नेपाल विद्यार्थी संघ नवलपरासीका नेता किश्वर गैरेले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ । गैरेका अनुसार विधेयक ल्याइएकोले विरोधमा आज देश भरीनै सामाजिक दुरि कायम गरि ५/५ जनाले प्ले कार्ड सहित सरकारको अलोकतान्त्रिक कदम विरुद्ध प्रदर्सन गरेका छन् ।
आज बर्दघाटमा विहान ९ बजेवाट ९ः २० सम्म भएको विरोध प्रर्दशनमा नेविसंघका निर्वतमान सभापति दधिराम पौडेल,मिलन भण्डारी,चेतनारायण भण्डारी,सुलभ खनाल,समिर खत्री,संदिप कंडेल लगाएतको सहभागिता रहेको थियो ।