गौरीशंकर जयसवाल
परासी ७ चैत्र
नवलपरासीमा रहेको पृथ्बी चन्द्र अस्पतालले लकडाउनका वेला पनि निरन्तर दैनिक रुपमा ओ.पिडी सेवा संचालन गरिरहेको जनाएको छ । अस्पतालले हाल कोरोना भाईरस कोभिड १९को महामारी को वेलोमा पनि निरन्तर दैनिक रुपमा ओ.पिडी सेवा र अस्पतालको सम्पूर्ण सेवाहरु निरन्तर रुपमा संचालनगरेको आज अस्पतालमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पृथ्बी चन्द्र अस्पतालका निमित्त डा. मोहम्मद नुरुल होदाले अस्पतालले हाल कोरोना भाईरस कोभिड १९को महामारी परीबेशमा पनि निरन्तर दैनिक रुपमा ओ.पिडी सेवा र अस्पतालको सम्पूर्ण सेवाहरु निरन्तर रुपमा संचालन गरिरहेको अवस्थामा सेवा नै बन्द गरेको केही सञ्चार मध्याम आएको भ्रमक सामाचारले स्वाथ्यकर्मीहरुको मनोबल खस्काएको भन्दै दुः ख व्यक्त गरेका छन । उनले भने अस्पतालले कुनै पनि सेबा बन्द गरेको छैन बरु अरु सेवाहरु थप गरेर हामी आम नगरिकलाई सेवा दिईरहेको बताए । अस्पतालले चैत्र १ गते देखीबाट एक्सरे सेवालाई २४ घण्टा संचालन गरिरहेको र ल्याब फार्मेसी सेवा २४ घण्टा २४ घण्टा निरन्तर रुपमा संचालन भैरहेको जानकारी दिए । कोरोना भाईरस संक्रमाण लागेको बिरामीहरुलाई ४ शैयाको आइसोलेशन वार्ड बनाएको र ओपिडी समयमा फिभर क्लिनिक संचालन ल्याएको होदाले बताए । ओपिडी सेबवा लिन ४० देखी ५० जना दिनहुँ आउने गरेको र दैनिक रुपमा ५ जना नर्मल प्रसुति सेवा आश्यकता अनुसार अप्रशेन समेत दैनिक रुपमा भैरहेको अस्पतालले जानएको छ ।