kalika

रकम अभावका कारणले अब कुनै पनि खानेपानीका आयोजनाहरु अलपत्र हुदैनन् ः सांसद दिपेन्द्र कुमार अधिकारी

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था बर्दघाटको १९ औ बार्षिक साधारणसभा सम्पन्न ।

36
कृष्ण ढकाल
बर्दघाट,माघ–२८
       रकम अभावका कारणले अब प्रदेश नंम्वर ५का कुनै पनि खानेपानीका आयोजनाहरु अलपत्र नहुने प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी बताउनु भएको छ । उहांले अबको ३ वर्ष भित्र प्रदेशका हरेक नागरीकहरुले शुद्ध र स्वच्छ खानेपानी सहजरुपमा उपलब्धहुनेगरी पाउन सक्ने गरी प्रदेश सरकार अघि बढेको बताउनु भएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था बर्दघाट नवलपरासीको १९ औ बार्षिक साधारणसभा एवं आठौ अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद अधिकारीले उक्त कुरा बताउनु भएको हो ।    फरक प्रसंगमा उहांले अब प्रदेश नं. ५ को राजधानी र नाम छिट्टै टुङ्गो लाग्ने समेत बताउनु भएको छ ।     त्यसैगरी बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिका क्षेत्रमा १२ वटा खानेपानीका आयोजनाहरु संचालनमा रहेको बताउदै सबै आयोजनाहरुमा नगरले सक्दो आर्थिक सहयोग गरेको बताउनु भयो । उहांले त्यसमध्येको नेपालमा नै नमुना बन्नेको बर्दघाट खानेपानी संस्था जस्था उदाहरणीय संस्थाका कारण बर्दघाट नगरपालिका बनाउदा नम्वरीङ्गमा सहयोग पुगेको समेत स्मरण गराउनु भएको थियो ।  त्यस्तै संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालयका प्रमुख शालिक राम पौडेलले खानेपानीका आयोजनाहरु संचालन गर्दा ठुलो परिणममा सेवा विस्ता गर्ने गरी ठुला आयोजना संचालन गरी लागत कमहुने खालका बनाउन सके त्यस्ता आयोजनाहरु बढी सफल हुने सुझाव दिनु भएको थियो । कार्यक्रममा बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल,निवर्तमान अध्यक्ष कमान सिंह थापा,नेपाली कांग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, नेकपाका नगर सचिव हरीरञ्जन पौडेल,लगायतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो । 
      बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको अध्यक्षता र प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ईन्द्र कुमार रानाले अध्यक्षको प्रतिवेदन सचिव छबिलाल देवकोटाले आर्थिक प्रतिबेदन,यस्तै गरि सस्थाका उपाध्यक्ष तथा सुरक्षा योजना समितिका संयोजक धातानन्द बस्यालले खानेपानी सुरक्षा योजनाको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
३ हजार ५ सय २१ निजि तथा सस्थागत धारा प्रदानगरि खानेपानीको सेवा पुर्याएको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था बर्दघाटले बातावरण संरक्षणमा हाम्रो सरोकार, स्वच्छ पानी हाम्रो अधिकार भन्ने बिषयमा बिद्यालय स्तरीय चित्रकला प्रतियोगिताका प्रथम, द्धितिय, र तृतिय भएका बिद्यार्थीहरुलाई प्रमाण पत्र र नगद सहित सम्मान समेत गरीएको थियो ।  सस्थाका संचालक समिती सदस्य सरस्वती कंडेलको स्वागत मन्तबयबाट शुरुभएको कार्यक्रमको सञ्चालन सचिव छविलाल देवकोटाले गर्नुभएको थियो ।