उर्मिला यादव
सुनवल,माघ १२
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बिचैयापुरमा आज एक कार्यक्रमका बिच तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको छ । महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समितीको अध्यक्ष कमला गौतमको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाक्षेत्रीको प्रमुख आथित्यतामा तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको हो । तालिमको उदघाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख थापाले महिला अधिकारको जति कुरा गरे पनि आफुमा भएको पितृसत्तात्मक सोच परिर्वतन गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले सम्पुर्ण महिला दिदी बहिनीहरु सीप सिकेर सक्षम भए मात्र अघि बढन सक्ने बताउनु भएको छ । उहाले सिप सिकेर त्यसलाइ ब्यवहारमा उर्तान सके मात्र यसको सार्थक परिणाम आउने बताउनु भएको छ । जसको लागी सुनवल नगरपालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रमका बिशिष्ठ अतिथी नगर उपप्रमुख दधिराम अर्यालले सुनवल नगरपालिका भित्र रहेका १३ वटै वडाका महिला उद्यम केन्द्रमा बिजुलीको मिटर र खानेपानीको धारा ब्यवस्था गर्ने बताउनु भएको छ । उहाले महिला उद्यम केन्द्रबाट सिकेका सिपहरु ब्यवहारमा लागु गरेर आफनो खुटटामा आफै उभिन सके मात्र महिला क्षमता बिकासमा बृद्धि गर्न सकिने बताउनु भएको छ । उपप्रमुख अर्यालले आगामी बर्ष महिला उद्यम केन्द्रको लागी १० लाख बजेट बिनियोजन गरी यसको जग्गा संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाको वडा नम्बर १३ बिचैयापुर वडा नम्बर १३ को मुख्य सेन्टर भएकोले यसको संरक्षण र बिकासमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
तालिममा महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समितीको सचिव नमिता थापाको स्वागत मन्तब्य रहेको तालिममा बडेरा सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी , धान्यांचल माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुर्य न्यौपाने , महिला उद्यम केन्द्रकी सल्लाहकार सदस्य लक्ष्मी देवी ढकाल , साइन रेसुंगा डेप्लपमेन्ट बैंक लिमिटेड उपशाखा बडेराको प्रबन्धक ज्ञानु पाण्डे , कृषक जनशक्ति बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रामराज श्रेष्ठ , सुनवल नगरपालिका वडा नम्बर ४ का वडा सदस्य बालकृष्ण पंगेनी , सुनवल नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष एवम नगर प्रवत्ता कृष्ण प्रसाद देवकोटा लागायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समिती सुनवल १३ को आयोजना तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको हो ।
कार्यक्रममा घिउ डल्ला खानेपानी आमा समुहका अध्यक्ष गोमा न्यौपाने, सुनवल नगरपालिकाको कार्यपालिका सदस्य गौमाया गुरुंग ,वडा सदस्य खेम ढुंगाना, ओमप्रकाश चौधरी लगायतमा तालिममा सहभागी ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।