Sarawal sit lahar Notis

पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ

0 45

उर्मिला यादव

सुनवल ,पुु्स २७

जिल्ला प्रहरी कार्यालय  पश्चिम नवलपरासीले लागु औषध सहित दुई जनालाइ  पक्राउ गरेको छ । बर्दघाट नगरपालिका तीन लघुनास्थित भित्री सडक खण्डमा शनिबार  जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले लु ९ प ४५८७  नम्बरको मोटरसाइकललाइ चेकजाच गर्दा रामग्राम नगरपालिका वडा नम्बर १२ बस्ने ३५ बर्षिय प्रमोद कुमार रायलाइ  पक्राउ गरेको हो ।  प्रहरीका अनुसार पक्राउ परेका रायको झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा नोफिन  १५० पिस , डाइजेपाम १५० पिस, फेनरागन १५० पिस लागु औषध फेला परेको हो । यस्तै गरी रामग्राम नगरपालिका ५ हाटबजारमा चेकजाच गर्ने क्रममा लागु औषध सहित रामग्राम ९ मधवलिया बस्ने २७ बर्षिय आजाद पाठक पक्राउ परेका छन । पक्राउ परेका पाठकबाट फेनरागन ७० पिस , नुफ्रिन ७० पिस , डाइजेपाम ७० पिस , नाइट्रोभेट १३५, इस्पास्मो १० पिस लागु औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका राय र पाठकलाइ लागु औषध मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.