Sarawal sit lahar Notis

सिप बिकास तथा रोजगारी सृजना बिना कुनै पनि व्यवसाय फस्टाउन सक्दैन ः नगर प्रमुख थापा 

0 62

पुजा लम्साल/राज चौधरी
सुनवल, पुस १९
सिप बिकास तथा रोजगारीको सृजना नगरी कुनै पनि व्यवसाय फस्टाउन नसक्ने सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले बताउनुभएको छ । लोटस रिर्सोटमा सम्पन्न नवलपरासी सुनचादी व्यवसायि संघ सुनवल नगर कमिटिको साधारणसभा तथा प्रथम अधिवेसनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख थापाले उक्त कुरा बताउनुभएको हो । नगरप्रम्ुाख थापाले सिप बिकास तथा रोजगारीको सिर्जना गर्न नगरले बिभिन्न किसिमका सिपमुलक तालिम गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । यसैगरि कार्यक्रमका बिशिष्ठ अतिथि सुनवल नगर उपप्रमुख दधिराम अर्यालले सुनचादि व्यवसायमा स्थानिय युवालाई रोजगारी दिनुपर्ने बताउनुभयो । अरु कुनै देशका कामदारलाई काम दिनुको सट्टा आफ्नै देशका युवाहरुलाई तालिम प्रदान गरि रोजगारीको अवसर दिए त्यसको प्रतिफल स्वदेशमै रहने उहाको भनाई थियो । उद्योग बाणिज्य संघ सुनवलका बरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले आगामि दिनमा सुनचादि व्यवसायलाई कुनै पनि किसिमका कार्यहरुमा समस्या परेमा उद्योग बाणिज्य संघ सुनवलबाट सदैव साथ र सहयोग रहने प्रतिवद्धता समेत जनाउनुभयो । नवलपरासी सुनचादी व्यवसायि संघ सुनवल नगर कमिटिका अध्यक्ष मिनप्रसाद सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवलपरासी सुनचादी व्यवसायि संघका अध्यक्ष राजेन्द्र सुनार , प्रदेश सदस्य राजकुमार बिक, निर्वतमान जिल्ला अध्यक्ष भिमशिहं बराली लगायतको बिशेष आतिथ्यता रहेको थियो । नगर कमिटिका सदस्य हुमनाथ सुनारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव सन्तोष रसाईलिले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.