Bardaghat Na pa

मायादेविमा दुई कोठे स्कुल भवनको उदघाटन

39

तुलसी राम पौडेल
मायादेवी , मंसिर २३
रुपन्देहीको मायादेवी गाउपालिका वडा नम्बर २ स्थित तिलौरी आधारभूत विद्यालयको नव निर्मित दुई कोठे भवनको उदघाटन भएको छ। मायादेवी गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले एक कार्यक्रमका उक्त भवनको सोमबार उदघाटन गर्नु भयो।सो अवसरमा बोल्दै उहाले गुणस्तरीय शिक्षाको लागि गाउपालिकाले सक्रिय भुमिका निभाउने बताउनु भयो।
मायादेवी गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामनारायण थारुको अध्यक्षता, गाउँ पालिका अध्यक्ष ध्रुव नारायण चौधरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष तारादेवी यादव , शिक्षा शाखा प्रमुख नारायण लामिछानेको विशिस्ट आतिथ्यता, समाजसेवी श्रीराम यादव ,पदम भण्डारीको आतिथ्यता, विद्यालयका प्रधानाध्यापक हरिहर यादवको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सन्जय यादवले गरेका थिए