kalika

बर्दघाटमा मुटु तथा मृगौला रोगको निःशुल्क स्वास्थ्य परिक्षण शिवर संचालन हुने ।

34

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२२
टाईम साकोस बर्दघाटले यहि मंसिर २८ गते मुटु तथा मृगौला रोगको स्वास्थ्य परिक्षणका लागि निःशुल्क शिवर संचालन गर्ने भएको छ । टाईम साकोस बर्दघाट र रोटरी क्लव अफ सेन्ट्रल बुटवलको आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा एक दिन मुटु तथा मृगौला रोगको स्वास्थ्य परिक्षणका लागि निःशुल्क शिवर संचालन गर्न लागिएको टाईम साकोसले आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर जाकारी गराएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत रहेर आयेजनागरीएको सो शिविरमा सबैले आफ्नो स्वाथ्य परिक्षण गराउन सक्ने र उपचारका लागि लाग्ने खर्चमा संस्थाका शेयर सदस्यहरुलाई १० प्रतिशत छुटको ब्यवस्था समेत रहेको संस्थाका अध्यक्ष रुद्र प्रकाश उपाध्यायले जानकारी गराउनु भएको थियो । शिवीर दाउन्ने देवि बहुमुखि क्याम्स बर्दघाटमा संचालन गरीने समेत जानकारी गराईएको थियो ।