Holi care school

बर्दघाट वडा न १४ द्वारा स्वयंसेविकाहरुलाई साईकल बितरण  ।

36

मुक्ति तिवारी

बर्दघाट,मंसिर–१९

बर्दघाट नगरपालिका वडा न १४ ले बिहिबार अन्तरास्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर एक कार्यक्रमका बिच महिला स्वास्थ्य स्वयंसेविका हरुलाई सम्मान गर्नुका साथै साईकल बितरण समेत गरेको छ।बर्दघाट वडा न १४ का अध्यक्ष केशव बहादुर खत्री क्षेत्री को अध्यक्षता तथा साविक दाउन्नेदेवि गाबिस का अध्यक्ष एकदेव पान्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सन्चालन गरिएको थियो।कार्यक्रम मा बोल्दै प्रमुख अतिथी एकदेव पाण्डेले सिमित र न्यून श्रोत साधनका बिच पनि स्वास्थस्वयंसेविका हरुले ग्रामिण स्तरका स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान प्रसङ्सनिय रहेको बताउनु भयो।उहाले स्वयंसेविका हरुलाई स्थानिय तहले उचित श्रोत साधन को ब्यवस्था गरि आर्थिक रुपमा पनि सबल बनाउनु पर्नेमा जोड दिनु भयो।त्यसै गरि कार्यक्रम मा बोल्दै बर्दघाट नगरपालिका वडा न १४ का अध्यक्ष केशव खत्रीले बर्दघाट नगरपालिका पुर्ण खोप सुनिश्चित नगर घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको पनि भुकिमा महत्वपूर्ण रहेको बताउनु भयो।अत्यन्तै न्यून सेवा सुबिधाका बिच स्वयंसेविका हरुले निर्वाह गरेको भुमिका कदर योग्य रहेको बताउनु भयो। १४ वडा लाई स्वास्थ्य क्षेत्रमा नमुना वडा को रुपमा अगाडि बढाउने हेतुले निश्चित बजेट समेत छुट्याइएको उहाले जानकारी दिनुभयो।यसै बिच कार्यक्रम मा बोल्दै सम्मुन्नत महिला मन्च कि केन्द्रिय उपाध्यक्ष तथा अन्तरपार्टी महिला सन्ज्जाल नवलपरासीकि अध्यक्ष कमला पराजुली तिवारिले स्वास्थ्य क्षेत्रमा ग्रामिण दुरदराजहरुमा न्यून सेवा सुबिधा निकै कष्टका बाबजुत स्वास्थ्यस्वयंसेविका को रुपमा महिला हरुले निर्वाह गरेको भुमिकालाई राज्यले उचित मुल्यांकन र सम्मान गर्नुपर्ने बताउनु भयो।कार्यक्रम मा वडाभित्र रहेका स्वयंसेविकारु मिना देवि बस्नेत,मन्जु पान्डे,सीता भन्डारी,तुलसी गुरुङ,शिवकुमारी चौधरी लगायतका ५ जना स्वयंसेविकाहरुलाई १र१ थान साईकल र परिचय खुल्ने होर्डिङबोर्ड समेत बितरण गरिएको थियो।वडाको सम्मानप्रती आफुहरु उत्साहित बनेको उनिहरिरुले बताए।कार्यक्रम मा वडा सदस्य टेकनारायण नवल्पुरिया थारु,ईसा सुनार,बुद्दीमाया सुनार दाउन्ने देवि स्वास्थ्य चौकी प्रमुख मुक्ती बस्याल,समाजसेवी भानुभक्त तिवारी,सोभाकर भुसाल लगायत को उपस्थिती रहेको थियो।कार्यक्रम को संचालन वडा सचिव टङ्कनाथ न्डारिले गर्नु भएको थियो।