kalika

नेपाली सेना र नागरिकसंग समुधुर सम्बन्ध बढाउनुपर्ने .

45

गौरीशंकर जयसवाल

परासी २७ कार्तिक

नेपाली सेना र नागरिकसंग समुधुर सम्बन्ध बढाउनुपर्ने  एक कार्यक्रममा बोल्ने सरोकारवाहरुले बताएका छन । उनीहरुले नेपाल प्रहरी सशस्त्र प्रहरीझै नेपाली सेना पनि नागरिकसंग घुलमेला हुनुपर्नेमा जोड दिएका थिए । पश्चिम नवलपरासीमा श्री कालीध्वज गण परासीले नागरिकसंग आन्तरक्रिया तथा सेना बिपत बेला उद्धार गरेको आधारीत लघु चलचित्र प्रर्दशनी कार्यक्रममा बोल्ने सरोकारवालहरुले सो कुरा बताएका हुन । सामजसेवी पुष्पा लामाले अरु जिल्लाहरुमा नेपाली सेनाले सर्पदन्स उपचार खोले र परासीमा पनि गमीयमा सर्प बिग बिगाी भएकोले यस क्षेत्रमा नेपाली सेना सर्शदन्त सेवा संचालन गर्न सुझाव दिईन । सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आर्चयले नेपाली सेनाले प्राकृतिक बिपत आईपर्ने दुःख बेला नेपाली सेनाको गर्ने कार्य प्रशासनिय रहेको भन्दै अझै नागरिक संग सम्बन्ध प्रगाढ बढाउनुपर्नेमा जोड दिएका ।बिद्यालयहरुमा बिद्याथीहरुलाई दिने अर्थ सैनिक प्रशिक्षण पनि सेना भर्ना हुनालाई थप पुग्ने गरेकोले सबै बिद्यालयहरु यस्ता बिद्याथाीहरुलाई प्रशिक्षण दिन अर्चायले अग्रह गरे । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हरी शर्माले नेपाली सेनाले मानवीय कार्य गरेको सहयोग र रेडियोहरुबाट आफूले गरेको क्रियाकलाप गाति संचालन रेडियोहरुबाट जनतामाझ पुयाउने कार्यक्रम प्रशासनिय कार्य भएको बताए । नेपाल नाई संघका जिल्ला अध्यक्ष बिरेन्द्र ठाकुरले नेपाली सेनाले गरेको काम प्रशान्सा गदै यस्ता लघु चलचित्र ग्रामिण भेगका जनताहरुलाई दुश्य देखाउनुपर्नेमा जोड दिएका दिए । श्री कालीज्वज गण परासीका प्रमुख समिर कुमार गुरुडको अध्यक्षता तथा नेपाली सेनाका महासेनानी ईश्वर कुमार श्रेष्ठको प्रमुख आतिथ्यताभएको कार्यक्रमा सो अवसरमा बोल्दै श्रेष्ठले ११ जिल्लामा नेपाली सेना गरेको गातिबिधीहरु रेडियो टेलिभिजनहरुमा गदै आएको जानकारी दिए । नेपाली सेनाले हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास कार्यक्रम अन्र्तगत सरकारले दिएको आवास निमार्ण कार्य गरिरहेको र अहिले सम्म जनताको लागि बस्ने आवास आठ सय ६९ वटा आवास निमार्ण कार्य गरिसकेको बताए । सेनाले लघु चलचित्र मार्फत बिपतको बेला उद्धार गरिएको दृश्य र मधेशको महिला सेनामा भर्ना हुन आएको दृश्य चलचित्र प्रदर्शनी डकुमेन्टी दखाएको थियो । कार्यक्रममा नेपाली सेना बुटवलका महासेनानी उत्तम कुमार बिष्ट, समाजसेबी सञ्चरकर्मीहरुको उपस्थित रहेको थियो ।