Jilla Ban Notis

सुनवल नगरको दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम तिव्र ।

0 27
कृष्ण ढकाल / रमेश भुसाल
सुनवल,चैत–२२
सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेषकोषमा सहयोग गर्नेहरुको क्रम बढ्दै गएको छ । सुनवल नगरपालिकालाई कोरोना भाइरसको संक्रमणवाट मुक्त गराउने अभियानमामा लक डाउनले गर्दा सांझ विहान छाकर्टान गाह्रो हुनेहरुका लागि राहत वितरण गर्ने हेतुले स्थापना गरीएको दैवी प्रकोप उद्दार विशेषकोषमा रकम जम्मा गर्नेको लर्को नै लागेको छ । अहिले सम्म जनकल्याण वहुउद्देश्य सहकारी संस्था सुनवल ६ विसासयले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण का लागी सुनवल नगरपालिकाको दैवी प्रकोप उद्धार विशेष कोषमा २५ हजार ५ सय २५ रुपौया सहयोग रकम प्रदान गरेको छ । कार्यसमिति तथा लेखासमितिको मासिक रुपमा हुने १ पटकको वैठकभत्ता, कर्मचारीको १ दिन बरावरको तलव र संस्थाको कल्याणकारी कोषबाट गरी उक्त सहयोग रकम बरावरको चेक हस्तान्तरण गरेको जनकल्याण वहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष थान प्रसाद गैरेले वताउनुभयो ।
सचिव ओमकान्त तिमिल्सीनाले जानकारी दिनुभयो ।  विश्वप्यापि महामारीको रुपमा फैलीएको कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी शुक्रवार उक्त सहयोग रकम बरावरको चेक सुनवल नगरपालिकाका नगरप्रमुख भिम वहादुर थापालाई हस्तान्तरण गर्नेक्रममा  उपाध्यक्ष पदम प्रासाद काफ्ले ,सचिव ओमकान्त तिमिल्सीना, कोषाध्यक्ष रमेश भुसाल लगाएतको सहभागिता रहको थियो ।
त्यस्तै सुनवल नगरपालिकालाई कोरोना भाइरसको संक्रमणवाट मुक्त गराउने अभियानमामा सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेषकोषमा सुनवल नगरपालिकाका नगर प्रमुख तथा तिरुपति निर्माण सेवा तथा सप्लायर्सका अध्यक्ष भीम बहादुर थापा ( भरत)ले  २ लाख ५१हजार प्रदान गर्नु भएको छ भने समाव सेवी अर्जुन कुमार पोखरेल र उहांकी धर्मपत्नी देवी पोखरेलवाट संयुत्तः रुपमा रु १ लाख १७ हजार र सुनवल नगरपालिका वडा नम्बर १ का वडा सदस्य तथा नेपाल मगर संघ, सुनवलका अध्यक्ष  मन बहादुर थापाले व्यक्तिगत रुपमारु २५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै गरी भैरव बचत तथा ऋण सहकारी, सुनवल –९ स्वाठीले रु. २१ हजार १ सय २१ सहयोग गरेको नगर प्रमुख भिम बहादुर थपाले बताउनु भएको छ । सहयोग जुटाउने क्रममै  लुम्बिनी बचत तथा ऋण सहकारी संस्था ली. भुमही र सुनवल बहुउद्देश्यीय सहकारी संस्था ली को एकीकरण पछि बनेको लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लीले रु. ६१ हजार रुपैया  र पूर्ण सप्लायर्स तथा श्री सप्त चण्डी सप्लायर्स, सुनवल संस्थाका प्रोप्राइटर गुप्त बहादुर केसी (राजु) र चित्र बहादुर गुरुङले रु. ४१ हजार १ सय १० रुपैया सहयोग गरेको नगर उप प्रमुख दधिराम अर्यालले जानकारी दिनु भएको छ ।  त्यसैगरी जनहित बहुउद्धेश्य सहकारी, सुनवलले २५हजार १ सय ५१ रुपैया र समाजसेवी व्यक्तित्व  बिष्णु प्रसाद पौडेलले व्यक्तिगत तर्फबाट रु ५ हजार १ सय सहयोग गरेको नगर उप प्रमुख दधिराम अर्यालले जानकारी दिनु भएको छ । सहयोगकै क्रममा जन कल्याण प्रगतिशील महिला समुह सुनवल–३ ले रु. ११हजार १ सय ५० रुपैया सहयोग गरेको छ भने नेपाल उत्पिडित उत्थान संस्था सुनवलले रु. १५ हजार सहयोग गरेको नगर प्रमुख भिम बहादुर थपाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.