Jilla Ban Notis

बर्दघाट नगरद्धारा डेंगु रोग नियन्त्रण अभियान शुरु

0 38

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३

बर्दघाट नगरपालिकाले डेंगु लगाएत किटजन्य रोगहरुको नियन्त्रणको लागि लार्भा नष्ट गर्ने अभियान सञ्चालनका लागि सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न गेको छ ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रकाश खनालको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अभिमुखी करण कार्यक्रममा नगरका सरोकारवला पक्षहरुको सहभागिता रहेको थियो ।
प्रहरी,पत्रकार,कर्मचारी,स्वास्थ्यकर्मी,जनप्रतिनिधिहरु लगाएतको सहभागिता रहेको उक्त कार्यक्रममा चिसापानी अस्पतालका डा. राजन गैरेले सहजीकरण गर्नु भएको थियो । सोही अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले सबैले मिलेर लार्भा नष्ट गर्ने अभियान सफल पार्न र नगरवासीहरुलाई डेंगु लगाएत किटजन्य रोगहरुवाट टाढा राख्न सहयोग गर्नु भएको थियो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले नगरले अघिसारेका कुनै पनि अभियानहरुमा सबैको साथ र सहयोग चाहिने भएकाले सबै एक भएर अघिबढ्नका लागि सबैसंग आग्रह गर्नु भएको थियो
। कृष्णहरि पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन गोपाल पाण्डेले गर्नु भएको थियो ।

डेंगु सम्बन्धि थप जानकारीका लागि ः–

डेंगीका मूख्य लक्षणहरूः
उच्च ज्वरो आउन
जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
आँखाको गेडी दुख्नु
बेस्सरी टाउको दुख्नु
शरीरमा राता बिमिराहरू आउनु
वाकवाकी लाग्नु वा वान्ता हुनु

डेंगीबाट बच्ने उपायहरू
एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ। त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने।
आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने। पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
पूरै शरिर ढाक्ने लुगा लगाउने।
पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
घररविधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्करबेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?
स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने

Leave A Reply

Your email address will not be published.