सुनवल,चैत–२२
सचिव ओमकान्त तिमिल्सीनाले जानकारी दिनुभयो । विश्वप्यापि महामारीको रुपमा फैलीएको कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी शुक्रवार उक्त सहयोग रकम बरावरको चेक सुनवल नगरपालिकाका नगरप्रमुख भिम वहादुर थापालाई हस्तान्तरण गर्नेक्रममा उपाध्यक्ष पदम प्रासाद काफ्ले ,सचिव ओमकान्त तिमिल्सीना, कोषाध्यक्ष रमेश भुसाल लगाएतको सहभागिता रहको थियो ।
त्यस्तै सुनवल नगरपालिकालाई कोरोना भाइरसको संक्रमणवाट मुक्त गराउने अभियानमामा सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेषकोषमा सुनवल नगरपालिकाका नगर प्रमुख तथा तिरुपति निर्माण सेवा तथा सप्लायर्सका अध्यक्ष भीम बहादुर थापा ( भरत)ले २ लाख ५१हजार प्रदान गर्नु भएको छ भने समाव सेवी अर्जुन कुमार पोखरेल र उहांकी धर्मपत्नी देवी पोखरेलवाट संयुत्तः रुपमा रु १ लाख १७ हजार र सुनवल नगरपालिका वडा नम्बर १ का वडा सदस्य तथा नेपाल मगर संघ, सुनवलका अध्यक्ष मन बहादुर थापाले व्यक्तिगत रुपमारु २५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै गरी भैरव बचत तथा ऋण सहकारी, सुनवल –९ स्वाठीले रु. २१ हजार १ सय २१ सहयोग गरेको नगर प्रमुख भिम बहादुर थपाले बताउनु भएको छ । सहयोग जुटाउने क्रममै लुम्बिनी बचत तथा ऋण सहकारी संस्था ली. भुमही र सुनवल बहुउद्देश्यीय सहकारी संस्था ली को एकीकरण पछि बनेको लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लीले रु. ६१ हजार रुपैया र पूर्ण सप्लायर्स तथा श्री सप्त चण्डी सप्लायर्स, सुनवल संस्थाका प्रोप्राइटर गुप्त बहादुर केसी (राजु) र चित्र बहादुर गुरुङले रु. ४१ हजार १ सय १० रुपैया सहयोग गरेको नगर उप प्रमुख दधिराम अर्यालले जानकारी दिनु भएको छ । त्यसैगरी जनहित बहुउद्धेश्य सहकारी, सुनवलले २५हजार १ सय ५१ रुपैया र समाजसेवी व्यक्तित्व बिष्णु प्रसाद पौडेलले व्यक्तिगत तर्फबाट रु ५ हजार १ सय सहयोग गरेको नगर उप प्रमुख दधिराम अर्यालले जानकारी दिनु भएको छ । सहयोगकै क्रममा जन कल्याण प्रगतिशील महिला समुह सुनवल–३ ले रु. ११हजार १ सय ५० रुपैया सहयोग गरेको छ भने नेपाल उत्पिडित उत्थान संस्था सुनवलले रु. १५ हजार सहयोग गरेको नगर प्रमुख भिम बहादुर थपाले बताउनु भएको छ ।
