Jilla Ban Notis

बर्दघाट बजार विकास समितिले ध्यानाकर्षण पत्र बुझायो

बुटवल– नारायणगढ सडक निमार्णको काम कछुवा गतिमा

0 16

कृष्ण ढकाल

बर्दघाट,बैशाख–१२

बुटवल– नारायणगढ सडक निमार्णको काम कछुवा गतिमा हुदाँ बर्दघाटक्ष्ँेत्रका मानिसको दैनिक जिवनमा समस्या भएको भन्दै बर्दघाट बजार विकास समितिले सरोकारवाला निकायमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

सडक निमार्णको कार्य कछुवा गतिमा हुदाँ धुलोले स्थानियवासीहरुको दैनिक जिवन कष्टकरहुनुका साथै ब्यापार ब्यवसाय गर्न कठीनाई भएको र मानिसहरुको स्वास्थ्यमा दिन प्रतिदिन समस्या आएको भन्दै तत्काल धुलो रहित वातावरण सृजना गरेर सडक निर्माणको कार्य अघि बढाउन माग गर्दै बजार विकास समितिलले सरोकारवाला निकायमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

सडक निमार्णको कामको अनुगमन निरिक्षण तथा परिक्षण गरिरहेको बुटवल नारायणगढ सडक निर्माण कार्यालय,बर्दघाटका कोरीया ईन्जीनियरीङ्ग कन्सलटेन्सीका रेजिटेन्सी ईन्जीनियर शशी श्रेष्ठ,बर्दघाट नगरपलिकाका नगर प्रमुख शम्भुलला श्रेष्ठ र वडा नं. ४ का कार्यवहाक वडाध्यक्ष मञ्जु चालीसेलाई समितिका अध्यक्ष गोबिन्द आचार्यको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र बुझाउदै तत्काल धुलो रहित वातावरण सृजना गरेर सडक निर्माणको कार्य अघि बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पत्र बुझदै रेजिटेन्सी ईन्जीनियर शशी श्रेष्ठले निर्माण कम्पनीलाई आफुहरुले सबै कुराको सहयोग गर्दा पनि ढिलाई गरेका कारण आफ्नो तर्फवाट पनि सक्दो पहल गरेको बताउनु भएको थियो । पहिले निर्माण मेट्रीयलको अभाव देखाए पनि अहिले बुटवल ,सुनवल र  देवदह नगरपालिकाले समेत निमार्ण मे«टीयल दिएको र सडक विभागवाट समेत सहुलिएतमा  आवश्यक ईक्यूमेन्टहरुको ब्यवस्था भए पनि निमार्णको कार्यमा भने खासै फरकपन नदेखिएको श्रेष्ठले बताउनु भएको छ ।

उता निर्माण कम्पनिका बिनय कोईरालाले भने १५ सय बढी मेनपावर काममा खटिएको र प्रसस्त मात्रामा ईक्यूमेन्टहरु मार्फत काम भैरहेका कारण असार मसान्त सम्म बुटवल देखि दाउन्नेको खुसार्नी खोला सम्मको वानसाईट सडक निमार्णको काम सक्ने गरी कार्य भैरहेको बताउनु भएको छ ।

बुटवल–नारायणगढ २ सय १३ दशमलब ५ किलो मिटर सडकलाई दुई भागमा बाडेर निर्माणको काम भैरहेको छ ।  बुटवल–दाउन्ने पश्चिम खण्डको ४८ दशमलब ५ किलो मिटर सडक मध्ये अहिले ५० प्रतिशत बढी निर्माणको काम सम्पन्न भएको निमार्ण कम्पनिले जनाएको छ ।

२०७५ साल श्रावण ४ गते सम्झौता गरेर निर्माण शुरु गरेको चाईना कम्पनीले दोस्रो पटक म्याद थपेर २०८१ श्रावण ४ गते निर्माणको काम सम्पन्न गर्ने समय रहेको छ  तर यहिगतिमा भने सक्ने संभावना कम देखिएको छ ।

Leave A Reply

Your email address will not be published.