Jilla Ban Notis

हाटबजारमा उपभोक्ता सचेतना अभियान सम्पन्न

0 30

कृष्ण ढकाल
बर्दघाट,बैशाख–५

उपभोक्ता हक हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिले आज अर्थात बुधवार बर्दघाट–२ चिसापनीको साप्ताहिक हाटबजारमा उपभोक्ता सचेतना अभियान सम्पन्न गरेको छ ।

मञ्चका नगर अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षतामा भएको उपभोक्ता सचेतना अभियानमा घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेल,मञ्चका प्रदेश सदस्य धनन्जय पौडेल र नगर अध्यक्ष हुमनाथ आचार्यले उपभोक्ता शिक्षा , निति–नियम र कानुनि पक्षका वारेमा जानकारी गराउनु भएको थियो ।

उपभोक्ता हक हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकालको सञ्चालन रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धनिराम चौधरी, बर्दघाट नगरकार्यपालिका सदस्य प्रेम भुजेल,चिसापानी बजार बिकास समितिका उपाध्यक्ष दिपक श्रेष्ठ,चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङ,सामुदायिक वन महासंघका केन्द्रिय सदस्य कमल परियार,पत्रकार माधब धिमिरे,उपभोक्ता हक हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिकी उपाध्यक्ष धनमाया गिरी,माधब अधिकारी,रामबहादुर थापा लगाएतको सहभागिता रहेको थियो ।

गत आइतवार देखि शुरु भएको हाटबजार स्तरिय सचेतना अभियानको दोस्रो कार्यक्रम चिसापानीको हाट बजारमा सम्पन्न भएको हो । ब्यवसायिहरुलाई ब्यवसाय सञ्चालन गर्दा मर्यादित बनाउने देखि उपभोक्ताहरुलाई खाद्यवस्तु खरीद गर्दा ध्यान दिनु पर्ने कुराहरु देखि सेवनगर्दा हुने हानी नोक्सानी र फाईदाका वारेमा जानकारी गराउन साप्ताहिक हाटबजारमा उपभोक्ता सचेतना अभियान सञ्चालन गरीएको मञ्चका नगर अधयक्ष आचार्यले बताउनु भएको छ ।
गुणस्तरयि वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताहरुको संवैधानिक अधिकारलाई संरक्षण तथा सम्वद्र्धन गर्न उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाट नगर कमिटिले नगरका पाँच स्थानमा लाग्ने साप्ताहिक हाटबजारहरुमा सचेतना अभियान सञ्चालन गर्नेगरी पञ्चनगरवाट अभियानको शुरुवाट गरेको थियो ।

सचेतना अभियानका क्रममा उपभोक्ता तथा विक्रेताहरुलाई उपभोग्य वस्तुको शुद्धता,गुणस्तरीयता,वस्तुको मुल्य,एम.आ.पि.,नापतौल ,विक्रि अनुमति,दर्ता ,नविकरण लगाएतका बिषयमा जानकारी गराउदै साप्ताहिक हाटबजारको अनुगमन गर्ने गरी अभियान सञ्चालन भैरहेको मञ्चका नगर सचिव कुस्मकर ढकालले बताउनु भएको छ।
उपभोक्ता सचेतना कार्यक्रम अन्तरगत दोस्रो चरणमा नगरका सबै सामुदायिक माबिहरुका कक्षा ८ र ९ का बिद्यार्थीहरुलाई उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरीने नगर सचिव ढकालले बताउनु भएको छ।

चिसापानीको साप्ताहिक हाटबजारमा उपभोक्ता सचेतना अभियान सम्पन्न भएसंगै सोही समुहले बजारको अनुगमन समेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.