Jilla Ban Notis

बर्दघाट –१४ मा माघे सक्रान्ति दोस्रो मगर सांस्कृतिक महोत्सव–२०७६ हुने ।

0 29

कृष्ण ढकाल
बर्दघाट,पौष–२८
बर्दघाट नगरपालिका वडा नं. १४ धर्मवस्तीमा माघे सक्रान्ति दोस्रो मगर सांस्कृतिक महोत्सव–२०७६ हुनेभएको छ । यही माघ १ गते देखि ३ गते सम्म संचालन गर्नलागिएको माघे सक्रान्ति दोस्रो मगर सांस्कृतिक महोत्सवमा मगर समुदायका भेषभुषा कला संस्कृति झल्किने खालका विभिन्न प्रकारका नृत्य तथा गायनहरु संगै खानाका परिकारहरु रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपाल मगर संघ बर्दघाट १४ धर्मवस्तीको आयोजनामा हुनलागेको महोत्षवका वारेमा जानकारी दिन सोमावार पत्रकार सम्मेलनको आयोजना गरीएको थियो । पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्यका बारेमा महोत्सव मुल आयोजक समितिका निर्देशक शन्तु गाहाले पत्रकारहरुलाई जानकारी दिनु भएको थियो । उहांले मगरहरुको भाषा संस्कृति र मौलिकपनको जगेर्ना गर्ने र अन्य समुदायसंग पनि सहकार्य र सहिष्णुता कायम गर्नका लागि मगरहरुका भाषीक गायन तथा नृत्यसंगै भजन,चुड्का र झाम्टा ,डन्डीया नाच लगाएतका प्रस्तुतीहरुलाई समावेस गरीने जानकारी दिनुभएको थियो । त्यसैगरी सोही पत्रकार सम्मेलनमा वोल्दै नेपाल मगर सघं प्रदेश नं ५ का सदस्य तेजेन्द्र पूर्जाले राज्यले सबै भाषा धर्म समुदाय को कला संस्कृति भेष–भुषा र पहिचानलाई संरक्षण गर्नुपर्नेमा जोडदिनु पर्ने बताउनु भएको थियो । उहांले सामाजिक धार्मिक जातिय र राजनीतिक सहिष्णुतालाई कायम राख्दै सबै समुदायको पहिचानलाई अपनत्व गर्दै अघि बढ्नु नै महोत्सवको मूल उद्देश्य रहेको बताउनु भएको थियो । महोत्सवको समुद्घाटन सामाजिक विकास मंत्री सुदर्शन बरालले गर्ने कार्यक्रम तयभएको बताईएको छ । महोत्सवमा करिब ७ लाख ५० हजार रकम खर्च हुने अनुमान गरीएको आयोजक मूल समितिका संयोजक रितमान कामु मगरले बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल मगर संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम कामु मगर,मगर सघंका सदस्य खिम राना,उदय युवा क्लवका अध्यक्ष जीवनकामु मगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष श्याम बुचा मगलगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.