Jilla Ban Notis

नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमिति द्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न् ।

0 38

मुक्ती तिवारी

बर्दघाट,पौष–१८
नेपालि काङ्ग्रेस जिल्ला प्रशिक्षण बिभागको निर्देशन अनुरुप बर्दघाट नगर कार्यसमितिको आयोजनामा शुक्रबार प्रशिक्षण कार्यक्रम बर्दघाट (७ जिमिरेभार स्थित त्रिनेत्र धामको सभाहलमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस बर्दघाट नगर संयोजक शम्भुलाल श्रेष्ठ को सभापतित्व तथा महासमिति सदस्य प्रकाश अधिकारी को प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षकको रुपमा रहनु भएका प्रमुख अतिथी प्रकाश अधिकारीले काङ्ग्रेसको ईतिहास अवस्था र भावी रणनीतिका बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।उहाले काङ्ग्रेस प्रती नकारात्मक टिप्पणी गर्ने हरुका लागि सबै कार्यकर्ताहरुलाई तर्कसंगत रुपमा खण्डन गर्न सक्ने बनाउनका लागि पनि प्रशिक्षण कार्यक्रम प्रभावकारी रहने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला प्रशिक्षण बिभाग प्रमुख देवराज भन्डारीले समेत सहजीकरण गर्नु भएको थियो।उहाले सहभागीहरुलाई पार्टी संगठन सम्रचना र बिधानका बारेमा प्रकाश पार्नु भएको थियो। त्यसैगरि कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस बर्दघाट नगर संयोजक शम्भुलाल श्रेष्ठले स्थानिय स्तरमै सङगठन मजबुत बनाउनका निम्ति र कार्यकर्ताहरुलाई बैचारिक लडाईमा जुझारु बनाउनका लागि प्रशिक्षण कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।उहाले पार्टी लाई एक ढिक्का भएर अगाडी बढाउनका लागि कार्यकर्ता र नेतृत्व एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रम मा प्रजातन्त्रबादी प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष अनन्त ढुंगाना,महिला संघ अध्यक्ष कमला पराजुली लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो। प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य बिस्वप्रेम पाठक,जिवन नाथ पौडेल,क्षेत्र न १ क का क्षेत्रिय सभापती बेदप्रकाश शर्मा,बर्दघाट नगर सह(सङ्योजक दामोदर जि सि,जिल्ला प्रशिक्षण बिभाग सदस्य माधव तिवारी,उमाकान्त गिरि लगायतको उपस्तिथिती रहेको थियो भने,कार्यकर्ताहरुको समेत उल्लेखनीय सहभागीता रहेको थियो।
नेलाली काङ्ग्रेस बर्दघाट नगर सचीव पोषचन्द्र देवकोटा को स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शरद पौडेल ले गर्नु भएको थियो।यसै गरि भोलिको प्रशिक्षण कार्यक्रम भु.पु.सैनिक संघ को सभाहल भुताहामा हुने बताईएको छ ।

No Comments
  1. दधि पाैडेल says

    बेमाैसमि वाजा, यस्ताेे प्रशिक्षणकाे कुनै तुक छैन ।

Cancel Reply

Your email address will not be published.