कृष्ण ढकाल
बर्दघाट,बैशाख–१७
मौलिक कला तथा संस्कृति र साहित्यको संरक्षण गर्ने उद्धेश्यले स्थापना भएको प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपाल,बर्दघाट–२,चिसापानीले नगर स्तरिय साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दघाट नगरपालिकाको संरक्षकत्वमा भएको उक्त कार्यक्रममा बेल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले कला र गित संगित मार्फत तात्कालिन समयमा सबैलाई जनचेतना जागृत गर्ने स्व.प्रचण्ड बुढाथोकी प्रति श्रद्धासुमन अर्पण गर्नु भएको थियो ।
स्व.प्रचण्ड बुढाथोकीले आफु लगाएत राज्यको नेतृत्व तहमा रहेका ब्यक्तिहरुलाई पढाएको स्मरणगर्दै उहाँको सम्झनामा स्थापना गरीएको प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपाललाई सबै मिलेर प्रभावकारी बनाउदै लैजानु पर्ने बताउनु भएको थियो । त्यसैगरी बर्दघाट नगरले अहिले नगरका मुर्धन्य ब्यक्तिहरु र स्थानिय भाषा ,कला ,संस्कृतिहरुको संरक्षण एवं प्रवद्र्धनका लागि बर्दघाट प्रज्ञा प्रतिष्ठान मार्फत कार्यगरीरहेको बताउनु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङले बर्दघाट नगरको विकासका लागि सबै पार्टी एक भएर अघिबढ्नु पर्नेमा जोड दिनु भएको थियो । भौगोलिक अवस्था र समाजिक उत्तरदायित्व संगै सामजिक संघ संस्था तथा कार्यालयहरु बढीरहेको हिसावले बर्दघाट नगरका अन्य वडा भन्दा वडा नं. २ पृथक वडाका रुपमा पहिचान बोकेको वडा रहेको गुरुङको भनाई रहेको थियो ।
प्रचण्ड बुढाथोकी अध्ययन केन्द्रकी अध्यक्ष तथा संविधान सभा सदस्य सिन्धु जलेसाको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरी,वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, चिसापानी समुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुमबहादुर गुरुङ ,हाम्रो सुपर साकोसका अध्यष बिष्णु बराल,सयपत्रि सामुदायिक वनका अध्यक्ष बासुदेव चौधरी लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अध्ययन केन्द्रकी अध्यक्ष तथा संविधान सभा सदस्य सिन्धु जलेसाले स्व.प्रचण्ड बुढाथोकीलाई राज्यले र विदेशा बिभिन्न स्थानमा गरीएको सम्मान र उहाँको कृर्तित्व तथा ब्यीक्तत्वका वारेमा लुकेको पाटोलाई उजागर गर्नु भएको थियो ।
संस्थाका सचिव प्रेम भुजेलले सञ्चालनगर्नु भएको कार्यक्रममा नगरको वडा नं. १ देखि १६ सम्मका विभन्न समुहहरुको एकल गायन र नृत्य प्रस्तुतति संगै लाखेनाच र पञ्चेबाजाको प्रस्तुति समेत समावेस गरीएको थियो ।