Jilla Ban Notis

नवलपरासीको भारतसंग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन ।

1 50

श्याम थापा
सुस्ता २४ चैत
छिमेकी मुलुक भारतमा  कोरोना भाईरसको  बिरामीहरु देखा परेपछि उक्त जोखिमलाई न्युनिकरण गर्नका लागी पश्चिम नवलपरासीको भारत संग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरिएको छ । जिल्लाको मुल नाकाहरु महेशपुर भन्सार,भुजहवा,झुल्निपुर,गुठिप्रसौनी,पकलिहवा र सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको निगरानी बढेको हो । छिमेकी राष्ट्र भारतको माहाराजगञ्ज पश्चिम नवलपरासी जिल्ला सिमानासंग जोडिएको जिल्ला हो र उक्त जिल्ला हुदै भारतबाट लुकी छिपी भारतिय नागरिकहरु,भारतबाट कमाएर घर फिर्ता हुने नेपाली नागरिकहरुको बढढो आवतजावतको हुने र सिमाको छेउ छाउँमा बसेका नेपाली र भारतिय नागरिकहरुले खाधान्न सामग्रीहरु नेपाल भारत कारोबार हुने जनगुनासो बढेपछि सिमामा सुरक्षाकर्मी तैनाथ गरि मानिसहरुको नेपाल भारतबाट आवातजावत मात्र नभइ सामग्रीहरु ल्याउनका लागी पनि पुर्ण रुपमा रोक लगाएको छ । भारतबाट ब्यक्ति तथा आयात हुने खाद्धन्न लगायतका सामग्रीबाट कोरोना भाइरसको संक्रमण नेपालमा सर्ने र एक किसिमको माहामारी रुप लिन सक्ने उच्च जोखिम हुन सक्ने संभावनालाई न्युनिकरण गर्न लागी शसस्त्र प्रहरी र नेपाल प्रहरी चौबिसै घण्टाको लागी १ सय मिटरको फरकमा करिब १ किलो मिटरको दुरीमा शसस्त्र प्रहरीको अस्थाई पोष्ट राखी सुरक्षाकर्मी परिचालन गरिएको शसस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटरका गणपती भरत खनियाले जानकारी दिएका छन् । साथै सुस्ता क्षेत्रमा नारायणी नदी भएको कारणले मानिसहरु र खाधान्न सामग्रीहरु डुङ्गाको माध्यमबाट नारायणी नदि पार गरि नेपाल प्रवेश गर्ने जनगुनासो र बढढो चुनौतीको बिषय बन्न थालेपछि नारायणी नदी लगायत सुस्ताका मुख्य मुख्य नाकाहरुमा ३ वटा सशस्त्र प्रहरीको अस्थाइ पोष्ट राखेर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको र केही स्थानिय तस्करहरुले नेपाल भारत सामग्री ओसारपोसार गर्ने बाटोहरुमै अस्थाई पोष्ट राखिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए । उनका अनुसार सिमा क्षेत्रमा बस्ने केही स्थानिय तस्करहरुले रातीको समयमा भारतबाट सरसमान खरिद गरेर खेत र आलीको बाटो प्रयोग गरि नेपाल प्रबेश गराएको खाधन्न सामग्री र किराना सामग्रीलाई खानतलास गरि इलाका प्रहरी कार्यालय बेलाटारी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको सक्रियतामा करिब ५० हजार बराबर रकमको गएराती सुस्ता ५ पकलिहवाबाट बरामद गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताए । यसरी नाकामा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएपछि केही स्थानिय तस्करहरुको दिन भनि गएको छ भने स्थानियबासीहरुमा सुरक्षाको अनुभुत गर्दै खुशी पनि ब्यक्त गरिरहेका छन् ।

1 Comment
  1. Khem says

    Dhere Ramro rules na manne lai sidhai shut gare hunxha Bholi yehi border ma kada na huda Nepali le dhere Kathi nai bhoknu percha

Reply To Khem
Cancel Reply

Your email address will not be published.