Jilla Ban Notis

0 22

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२
नवलपरासी सुस्ता गाउँपालिकाको कुडिया प्रहरी चौकीका इन्चार्ज ओमदेव भाट क्षेत्रीले स्थानीयवासीसंगको मिलेमतोमा भारतीय नागरिकहरुलाई नेपाल प्रवेश गराएको भन्दै स्थानियवासीहरुले गुनासो गरेका छन् । सुस्ता गाउंपालिका वडा नं.३ को रेवानाकाबाट भारतीय नागरिकहरुलाई नेपाल प्रवेश गराउने गरेको स्थानीयबासीहरुले बताएका हुन । भारत बिहारको पश्चिमी चम्पारण बगहा वाल्मीकि नगरको चुलाभाट घाटको जङ्गलको बाटो प्रयोग गरि भारतीय नागरीक नेपाल प्रवेश गर्न आएको स्थानियवासीको भनाई रहेको छ । उनीहरुलाई नारायणी नदिमा डुङ्गा प्रयोग गरेर सुस्ता ३ रेवा बस्ने रमाकान्त बिनले नदि पार गराइ नेपाल तर्फ प्रवेश गराएको स्थानियवासीले बताएका छन् । उनीहरुका अनुसार नवलपरासी सुस्ता गाउँपालिकाको कुडिया प्रहरी चौकीका इन्चार्ज ओमदेव भाट क्षेत्रीले स्थानीयबासी र सशस्त्र प्रहरी बलका टोलीले डुङ्गा चालक रमाकान्त बिन र भारतीय नागरिकहरुलाई पक्राउ गरि प्रहरी चौकी कुडियालाई बुझाएको र कुडिया प्रहरी चौकी इन्चार्ज ओमदेव भाट क्षेत्रीले पक्राउ पर्ने ब्यक्तिहरुसंग केही रकम लिएर डुङ्गा चालक बिन र ३ जना भारतीय नागरिकहरुलाई छोडेको स्थानीयबासीहरुले आरोप लगाएका छन् ।
यस विषयमा नवलपरासी सुस्ता गाउँपालिकाको कुडिया प्रहरी चौकीका इन्चार्ज ओमदेव भाट क्षेत्रीसंग बुझदा आफुलाई आरोप लगाएको भन्दै अहिले उनीहरुलाई चौकीमा बोलाईएको बताउनु भएको छ ।
यता डुङ्गा चालक बिनले करिब १५ देखि २० जना भारतीय नागरिकहरुलाई नेपाल प्रवेश गराइसकेको बताएको बुझिएकोछ । बिनको डुङ्गा र अन्य डुङ्गा गरि ५ वटा डुङ्गा लकडाउन नसकिदा सम्म सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सुस्ताको नियन्त्रणमा रहेको सशस्त्र प्रहरी निरीक्षक उत्तम सिलवालले जानकारी दिनुभएको छ् ।

भिडियो https://youtu.be/nePDvKZUt9o

 

Leave A Reply

Your email address will not be published.