Bardaghat Na pa

सरावल १ बासाबसहीमा  बुलबुले ताल

164

उमेश बि.क

नवलपरासी ,१ पुस

नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ बासाबसहीमा जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने ताल भेटिएको छ। सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको संयुक्त टोलि मंगलबार वडा नं। १ मा योजनाका कार्य अनुगम गर्ने क्रममा उक्त स्थानमा पुग्नु भएको हो। गाउँपालिका अध्यक्ष चौधरीले जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर बुलबुले ताल नाम उच्चारण गर्दै यस ठाउमा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बिन्दु हुन सक्ने भएकोले यसको संरक्षण संबर्धन गर्न गाउँपालिकाबाट आफु लागि पर्ने कुरा जानकारी गराउनुभएको छ। सरावल गाउँपालिकालाई चिनाउने एउटा माध्यम बन्न सक्ने बुलबुले ताल अहिले पर्यटकीय गन्तव्य बनाउन स्थानीय बासि पनि लाग्नुपर्ने अनुरोध गर्नुभएको छ। त्यस्तै सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मीले प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने हो भने यसले पर्यटन प्रवद्र्धनमा मद्दत पुर्याउने निश्चित रहेको कुरा ब्यक्त गर्नुभएको छ ।