Bardaghat Na pa

रानिनगर ,त्रिवेणी क्षेत्रमा १८ जना कोरोना संक्रमीत थपीए

49

सुस्ता, भदौ–५
नवलपरासीको त्रिवेणी क्षेत्र अर्थात पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा समुदाय स्तरमा आज १८ जनामा थप कोरोना संक्रमीत देखिएको छ । छिमेकी गांउपालिका विनयी त्रिवेणी वडा नं ६ र ७ रानिनगर ,त्रिवेणी क्षेत्रका समुदाय स्तरमा गरिएको पिसिआर परिक्षणका क्रममा १८जनामा कोरोना संक्रमण देखिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले जानकारी दिनु भएको छ ।
यता छिमेकी गांउपालिकाका वडाहरुमा कोरोना भाइरस पोजेटिभ देखिए पछि सुस्तावासीहरु थप सजग रहनका लागि सुस्ता गाऊपालिका अध्यक्ष राम प्रसाद पाण्डेले सुस्तावासीहरुलाई आग्रह गर्नु भएको छ ।
यो सँगै विनयी त्रिवेणी गाउँपालिकामा संक्रमितको संख्या ४६ जना पुगेको छ । ति मध्ये २२ जना भने निको भएर घर फर्किसकेका छन् ।