sunwal

प्रदेशसभा सदस्य अधिकारीद्धारा आम्वास सिंचाई योजना र आम्वास क्षेत्रको पहिरो निरिक्षण

91

कृष्ण ढकाल
बर्दघाट,साउन–२
बर्दघाट नगरपालिकाको पहिडीक्षेत्रका रुपमा रहेको वडा नम्वर–२ आम्बास क्षेत्रमा निमार्ण गरीएको आम्वास सिंचाई योजनाको आज लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले निरिक्षण गर्नु भएको छ ।
प्रदेश सभा सदस्य अधिकारीसंगै सिंचाई डिभिजन कार्यालय नवलपरासीको टोली र पत्रकारहरुको टोलीपनि गएको थियो । पहाडी क्ष्ँेत्रका किसानहरुको कृषि उत्पादनलाई वृद्धिगरी उनीहरुको आर्थिक स्थीती माथिउकास्ने लक्ष्यकासाथ आम्वास सिंचाई योजना संचालनमा ल्याईएको लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । उहांले सर्धैभरी तराईमा मात्र सिंचाईका योजना संचालन गरीएकाले अब पहाडका किसानहरुलाई पनि संगै ब्यवसायिक उत्पादनसंग जोडेर अघिबढ्न यो योजना सफल भएको बताउनु भयो ।

सिंचाई आयोजना मर्मत तथा विस्तार कार्यक्रम अन्र्तत बर्दघाट गरपालिका वडा नम्वर–२ आम्बास क्षेत्रमा निमार्ण गरीएको आम्वास सिंचाई योजना २१ लाख २० हजार १ सय ४७ रुपैयाको लागतमा सम्पन्न् गरीएको सिंचाई डिभिजन कार्यालय नवलपरासीका डिभिजन प्रमुख ध्रुव पौडेलले बताउनु भएको छ ।

आम्वास क्षेत्रका १ सय १४ घरधुरीको करिव ३ सय विघा जमीनलाई सिंचाईको सुविधा प्रदान गरेको यो आयोजना गत बैशाख १२ गतेवाट शुरु भै यहि असार २३ गते सम्पन्न् भएर यस वर्षको धानखेति सोही कुलोवाट पानी ल्याएर गरीएको आम्वास सिंचाई योजना निमार्ण उपभोक्ता समितिका अध्यक्ष धन प्रसाद दर्लामी मगरले बताउनु भएको छ ।

आम्बास क्षेत्रमा निमार्ण सम्पन्न् आम्वास सिंचाई योजनाको निरीक्षणमा जानुभएका अधिकारीले आम्वास बस्ती पारीको डांडोमा गएको पहिरोको समेत निरीक्षण गर्नु भएको थियो ।
हिजो अर्थात साउन एक गते देखि शुरुभएको सुख्खा पहिरो आज पानी पर्दा झनै निरन्तर खसी नै रहेको छ । वस्ती छेउमा रहेको खोला देखि करिव ५ सय मिटर अग्लो पहाडमा करिव १ किलोमिटर दुरी सम्मको क्षेत्रमा पहिरो खसीरहेको छ ।


पहिरोका कारण आम्वास सिंचाई योजनाको मुहान बगाएको छ भने पहिरोले खोला थुनिएमा तल रहेको भुताहा क्षेत्रको वस्तीमा असर पर्ने सम्भावना रहेको छ । चुरेक्षेत्रमा हुने खोलाजन्य वस्तुको अनियन्त्रीत निकासीका कारण खोला गहिरीएर पहाडीक्षेत्रमा यसरी पहिरो गएको हुन सक्ने अनुमान सहस्रगर्न सकिन्छ । यसप्रकारको प्राकृतिक प्रकोपलाई नियन्त्रण नगर्नेहो भने पछि यस्ले ठूलो जनझनको क्षेत्री हुने संभावना बढेर गएको छ ।