Bardaghat Na pa

प्रथम बर्दघाट एक्सपोमा माघ १५ बाट डान्स आइडल अडिसन सुरु

480

बर्दघाट,माघ –१४
उद्योग व्यापार संघ बर्दघाटद्धारा माघ १३ देखि सञ्चालन भईरहेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ मा डान्स आईडल हुने भएको छ । बर्दघाट नगरपालिका वडा नं.४, हरियालीनगरमा सञ्चालन भईरहेको एक्सपोको आर्कषकको रुपमा मानिएको डान्स आईडलको पहिलो चरण खुल्ला तर्फको अडिसन १५ र १६ गते हुने भएको छ ।
त्यस्तै दोश्रो चरणको खुल्ला तर्फको १८ गते, तेश्रो चरणको २० गते, चौथो चरण २२ गते, डान्स आईडलको फाईनल २४ गते हुने अायाेजक संस्थाका अध्यक्ष तथा एक्सपाे सञ्चालन मुल सिमितका संयाेजक राजु न्याैपानेलेले बताउनु भयाे ।
डान्स आईडल विजेतालाई प्रथम तर्फ नगद पन्ध्र हजार रुपैया, मेडल, प्रमाणपत्र र द्धितियलाई नगद दश हजार रुपैया, मेडल तथा प्रमाणपत्र तथा तृतियहुने सहभागिलाई नगद पाँच हजार रुपैया, मेडल तथा प्रमाणपत्र उपलब्ध गराईने अध्यक्ष न्याैपानेले बताउनु भयाे । त्यस्तै विद्यालय स्तरिय लोक नृत्य तर्फको प्रतियोगिताको अडिसन १८ गते तथा फाईनल प्रतियोगिता भने २३ गते गरिने भएकाे छ ।

विद्यालय स्तरिय नृत्य प्रतियोगितामा प्रथम हुने समूहले नगद बिस हजार रुपैया, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगितामा द्धितिय हुने विद्यालयले पन्ध्र हजार नगद, प्रमाणपत्र तथा मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा तृतिय हुने विद्यालयले नगद सात हजार रुपैया, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने एक्सपाेका सांस्कृतिक तथा गोष्ठी सेमिनार उपसमिति संयोजक मोहन सापकोटाले बताउनु भयो ।
छ ।
खुल्ला नृत्य तर्फ बढिमा २ जनाले नृत्य प्रस्तुत गर्न पाउने छन भने गित बढिमा ३ वटा गित रिमिक्स गर्न पाईने भएकाे छ । त्यस्तै गित ५ मिनेट भन्दा लामो गर्न नपाईने , प्रतियोगिले नृत्य अनुसारको भेषभुषा झल्कने पहिरन लगाऊनु पर्ने नियम बनाइएकाे व्यापार संघका एसोसियट सदस्य तथा एक्सपोका उपभोक्ता गुनासो, सुनुवाई तथा टिकट व्यवस्थापन उपसमितिका संयोजक केशव बस्यालले बताउनु भयो । त्यस्तै समूहगत नृत्यतर्फः प्रतियोगिले रिमिक्स तथा फिल्ममा प्रयोग भएका गितहरुमा नृत्य गर्न नपाउने र गित बढिमा ८ मिनेटको हुनुपर्ने नियम लागु गरीएकाे बताउनु भयाे ।
१४ गते को सांगितक कार्यक्रम तर्फ गायक हेमन्त शर्मा, विष्णु सिंजाली तथा गायिका शिला गुरुङ्गकाे प्रस्तुती रहेको थियो भने १५ गते गायक रेशमराज भट्टराई, गायिका लक्ष्मी बस्नेत, गायक डोलराज न्यौपाने, गायक दिपक दर्लामीको प्रस्तुती रहने सांस्कृतिक उपसमिति संयोजक मोहन सापकोटाले जानकारी दिनु भयो ।