सरावल,असार–८
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार भएको १६ औ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले गाउँपालिकाले यसअधि शुरु गरेका गौरवका योजनाहरुलाई निरन्तरता दिदै बाढी नियन्त्रणलाई उच्य प्राथमिकता दिने निति लिइएको जानकारी गराउनु भएको थियो ।
अध्यक्ष चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा गाउँपालिका अन्तगत भएर बग्ने भलुही, झरही, धनेवा लगायतका खोलामा ड्याम बनाइ तटबन्ध निर्माण गरी डुबान समस्यालाई समाधान गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
डुबानग्रस्त क्षेत्र वडा नं. ५.६ र ७ का प्रत्येक घर परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध गर्न पहल गर्ने तथा बाढी प्रभावित क्षेत्रका रुपमा रहेका तीन वटै वडामा गहुँ बालीमा विशेष जोड दिइ तीन स्थानमा गहुँ पकेट क्षेत्र स्थापना गर्ने योजना अधि सारिएको अध्यक्ष चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उल्लेख गरीएको छ।
गाउँपालिकाले आगामी आ।व। २०८२/०८३ देखि पालिका स्तरीय आधारभूत अस्पताल निर्माणको साथै पालिकाको प्रशासकीय भवन निर्माणको काम पनि शुरु गर्ने योजना अघि सारेको छ। वडा नं.१ देखि बासा मनरी भीमटाँडी सरावत गोबरहिया बनगढ़वा हुँदै भुजहवा जोड़ने सडकलाई व्यवस्थित र सौन्दर्याकरण गर्ने साथै देवीनगर पट्खौली मनरी सरावल गोबरहिया भुजहवा सडकलाई यसै वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयलाई उपलब्ध गराउँदै आएको गाउँपालिका अनुदान कोटालाई निरन्तरता दिदै आगामी वर्ष अत्याधिक विद्यार्थी चाप भएको विद्यालयमा विद्यार्थी अनुसार शिक्षक दरबन्दी मिलान गर्ने नीति लिएको छ।
आदर्श मावि सोखत्पुरा र जनता नमूना माविलाई गुणस्तरीय शिक्षाका साथै नमूना तथा व्यवसायिक अध्ययन अध्यापनको केन्द्र बनाउने घोषणा गरिएको छ भने शिक्षामा पहुँच स्थापित गरी रोजगारीसँग जोडन गाउँपालिका क्षेत्र भित्र स्नातक तहसम्मको अध्ययनलाई सहज बनाउँदै लैजाने र यसका लागि उच्च शिक्षामा अध्ययनरत दलित, विपन्न, जेहेन्दार विद्यार्थीलाई अध्यक्ष शैक्षिक कार्यक्रम ,अध्यक्ष छात्रवृति कार्यक्रम शुरुवात गरिने गाउँपालिका आयक्ष चौधरीले जानकारी दिनुभयो। खेलकुद क्षेत्रको विकासलाई जोड दिदै गाउँपालिकाले एक वडा एक खेलमैदानको नीति पनि अघि सारेको छ ।
त्यसैगरी वास्तविक किसानको पहिचानका लागि किसान परिचयपत्र वितरण गर्ने सरावल गाउँपालिकाको नीति छ।