Bardaghat Na pa

परासीबाट चारपाङ्ग्रे सवारी साधनको चालक अनुमती पत्र वितरण सुरु

413

परासी,माघ–११
पश्चिम नवलपरासीको परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट चारपाङ्ग्रे सवारी साधनको चालक अनुमती पत्र वितरण सुरु भएको छ । २०७८ सालमा स्थापना भएको यातायात सेवा कार्यालय बाट यसअघि दुई पाङ्ग्रे सवारी साधनको सवारी अनुमती पत्र जारी र नविकरण हुँदै आएको थियो ।

आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका उधोग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले चालक अनुमती पत्र वितरणको सुरुवात गर्नु भएको हो। जिल्लामा नै चालक अनुमती पत्र वितरण सुरु भएपछी रुपन्देही जानुपर्ने बाध्यता हटेको छ । आज बटै ट्रायल सुरु गरि अनुमती पत्र दिन थालिएको छ ।चारपाङ्ग्रे सवारी अन्तर्गत बर्ग(B,C,C1 र E) बि,सि,सि1 र ई को अनुमती पत्र सुरुवात गरिएको छ ।

परासीमा रहेको यातायात कार्यालय बाट अहिले सम्म ७ हजार दुई पाङ्ग्रे सवारी अनुमती चालक वितरण गरेको कार्यालय प्रमुख श्याम न्यौपानेले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको पुष महिना सम्म ९ करोड राजस्व संकलन भएको छ ।