Bardaghat Na pa

सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न

545

बर्दघाट,जेष्ठ–१५
बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र बर्दघाट–४ ले आज सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र बर्दघाट–४ ले प्रदान गरेका सेवा सुविधा र त्यसको प्रभावकारीताका वारे केन्द्रित रहेर सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
सेवा केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारीको अध्यक्षता र नगर प्रमुख शमभुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, वडा सदस्यद्धय जनक बहादुर रावल,राजेन्द्र गौतम,नगर स्वाथ्य शाखाका स्वास्थ्य अधिकृत कृष्णहरि पौडेल, जनस्वास्थ्य अधिकृत रिकमान श्रेष्ठ,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तथा रमा मेडिकल सञ्चालक दिपक लम्साल,पारिजात सामुदायिक वनका अध्यक्ष कमानसिंह थापा, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण डाँगी ,विभिन्न टोल विकास समितिका अध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सिमित स्रोत साधनबाट अधिक्तम सेवा दिनुपर्ने बाध्यता भएका कारण स्वास्थ्य सेवामा केहि समस्या हुन सक्ने बताउनु भयो । उहाँले आधारभुत स्वास्थ्य सेवा केन्द्र बर्दघाट–४ बाट निःशुल्क ल्याप सेवा प्रदान गर्नका लागि नगरपालिकाले बजेटको ब्यवस्था गरेका कारण अहिले २१ वटा रोगको निः शुल्क ल्याप परिक्षण भैरहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा केन्द्र बर्दघाट–४ की कार्यालय प्रमुख एवं जनस्वास्थ्य अधिकृत सुदिपा शर्माले संस्थाले गरेका काम र कार्यालयको भौतिक एवं ब्यवस्थापकिय पक्षका वारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी सामाजिक लेखापरिक्षक कुस्माकर ढकाल (कृष्ण)ले संस्थाको सेवा क्षेत्र भित्रका सेवाग्राहिको धारणलाई समेटेर तयार पारिएको भिडियो रिपोर्ट सहितको प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।