Bardaghat Na pa

पर्यावरण विज्ञका कुरा सुन्ने कार्यक्रम सम्पन्न

480

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१५

विशव वातावरण दिवसको अवसर तथा बर्दघाट चुरे उद्यानको प्रथम वार्षिकोत्सवको अवसरमा पर्यावरण विज्ञका कुरा सुन्ने कार्यक्रम सम्पन्न भएको छ । बर्दघाट चुरे उद्यानमा भएको उक्त कार्यक्रममा अध्यता तथा पर्यावरण विज्ञ युवारज कंडेलले चुरेको महत्व,वन तथा पर्यावरण,जैविक विविधता,जलवायु ,फोहरमैला ब्यवस्थापन र समुदायको दायित्वका विषयमा जानकारी गराउनु भएको थियो ।
सामुदायिक र संस्थागत विद्यालयका बिद्यार्थीहरु सहित बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तिहरुको समेत उल्लेखनिय सहभागिता रहेको उक्त कार्यक्रममा बर्दघाट चुरे उद्यानको महत्व र उद्धेश्यका वारेमा चुरेका अभियान्ता राजेन्द्र सुनारले जानकारी गराउनु भएको थियो ।


बर्दघाट चुरे उद्यानका मुख्य अभियान्ता राम प्रसाद पौडेलको अध्यक्षता र चुरे अभियात्ना शोभकान्त कोइराला (शिव)को सञ्चाल रहेको कार्यक्रममा सामाजिक ब्यक्तित्व रविन्द्र विक्रम हमाल र डेविजका विद्यार्थीको मन्तब्य तथा चुरे अभियान्ता सुशिला देवकोटाको स्वागत मन्तब्य रहेको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. ४का वडाध्यक्ष वेदविना तिवारी लगाएत वडासदस्यहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा पारिजात सामुदाियक वन,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,उद्योग ब्यापार संघ बर्दघाट,बर्दघाट प्रेस क्लबका पत्रकारहरु,डेविज स्कुलका १ सय ९० जना,विज्डम का ९ जना ,ग्लोरियसका ३० जना,न्यूलाईफका ४४ जना,दाउन्ने देवि मा.बि का २० र ग्रामिण वाल्मिकी साकोसको कार्य समितिको टिम लगाएत बिभिन्न सामाजिक संघ संस्था,ब्यापार ब्यवसायकका ब्यक्तिहरु र नागरीक समाजका ब्यक्तिहरुको समेत उल्लेखनिय सहिभागिता रहेको थियो ।