sunwal

बर्दघाटमा आधारभूत पत्रकारिता तालिम सुरु

770

बर्दघाट,जेष्ठ–१५
बर्दघाट प्रेस क्लबको आयोजनामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । पश्चिम नवलपरासीको जिल्लाको बर्दघाटमा रहेको उक्त क्लबले शुक्रवार देखि पाँच दिने आधारभूत पत्रकारिता तालिम सुुरु गरेको हो ।
पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई दक्ष र जिम्मेवार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा बर्दघाट क्षेत्रका सामाजिक अभियानता र नयाँपिढीका युवायुवती एवं पत्रकारितामा रुचि राख्ने ब्यीक्तहरुको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा नेपाल प्रेसका लुम्बिनी प्रदेश प्रमुख एवं दैनिक पत्र दैनिकका सम्पादक र रेडियो नेपालका रुपन्देही जिल्ला संवाददाता समेत रहनु भएका रामप्रसाद आचार्यले तालीमको सहजीकरण गर्नुभएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)ले पत्रकारिताले समाजलाई सही सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भएकाले तथ्यपरक, निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता बढ्दै गएको बताउनु भएको थियो । समाजका हरेक सुचना,सन्देश,समाचार र विचारहरु सम्प्रेसण गर्ने सञ्चार माध्यामहरु र सञ्चारकर्मीहरु पछिल्लो समय विस्तापित हुदैगएको प्रति चिन्ता ब्यक्तगर्दै पत्रकारीतामा नयाँ ब्यक्तिहरुको प्रवेश गराउन जरुरी महशुसगरी पाँच दिने आधारभूत पत्रकारिता तालिमको आयोजना गरीएको अध्यक्ष ढकालले जानकारी गराउनु भयो ।
तालिमले सहभागीहरुलाई सामान्य प्रकृतिका समाचार लेखन, प्रस्तुति, पत्रकारीताको आचार संहिता तथा डिजिटल पत्रकारिताका आधारभूत विषयमा ज्ञान र सीप प्रदान गर्नेमा आयोजक संस्था बर्दघाट प्रेस क्लब विश्वास रहेको धारणा राख्नु भएको थियो ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)को अध्यक्षता र सचिव मुक्तिनाथ तिवारीको सञ्चालनमा शुरुगरीएको तालिमको उद्घाटन सत्रमा बर्दघाट नगरकार्यपालिका सदस्य प्रेम भुजेल,वडासदस्य जनक बहादुर रावल , सहजकर्ता पत्रकार रामप्रसाद आचार्य र बर्दघाट प्रेस क्लबका पदाधीकारीहरु लगाएतको उपस्थिती रहेको थियो ।

पाच दिनसम्म सञ्चाल रहने उक्त तालिमभर अनुभवी प्रशिक्षकमार्फत व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्नेगरी योजना बनाइएको तालीममा कान्तीपुर टेलिभिजन तथा पत्रिकाकी रुपन्देही संवाददाता एवं सञ्चारीका समुहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले समेत तालिममा सहभागिहरुलाई सहजीकरण गर्नु हुने आयोजक संस्थाकी कोषाध्यक्ष विष्णु खनालले जानकारी दिनु भएको छ ।

पछिल्लो दश बर्ष यता बर्दघाट नगरक्षेत्रमा पत्रकारिता तालिम नराखिएका कारणले नया पुस्ताका पत्रकारहरु तयार नभएको महसुगरी बर्दघाट नगरपालिकासँगको सहकार्यमा यो तालिमको आयोजना गरीएको र यसबाट राम्रो ज्ञान र सिप भएका पत्रकारहरु तयार हुने आयोजक संस्थाका ब्यक्तिहरुले आशा लिइएका छन ।