Jilla Ban Notis

शाइन रेसुङ्गा बिकास बैंक द्वारा शान्ती निकुन्ज मा बि पाल्डाँडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

0 146

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२८
शान्ति निकुञ्ज माबि बर्दघाट–५ पाल्डाँडाले कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई एक दिने वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न् गरेको छ । शाइन रेसुङ्गा बिकास बैंकको विशेष सहयोगमा उक्त वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न् गरीएको विद्यालयका प्रधानाध्यापक बिजयरत्न पराजुली ले बताउनु भएको छ ।

विद्यार्थीहरुको आगामि जिनवमा ब्यवहारत लागुहुने बित्त परिचालनको महत्व,लगानी ,खर्च ब्यवस्थापन ,बचतको महत्त्व ,बैकिङ्ग एवं शेयर बजार सम्बन्धि बिद्यार्थीहरुलाई आजैवाट जानकारी गराउदा उनीहरुले आफ्ना अभिभावकहरुलाई सहयोग गर्न सक्ने र उनीहरुको जीवन उपयोगी शिक्षा भएकाले विद्यालयले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको शिक्षक शिव प्रसाद शर्माले बताउनु भएको छ ।

बिधालयका प्रधानाध्यापक बिजयरत्न पराजुली को अध्यक्षता र शाइन रेसुङगा बिकास बैंक परासी क्लस्टर प्रमुख भागिरथ न्यौपानेको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा शाइन रेसुङगा बिकास बैंक जिमिरेभारका ब्रान्च म्यानेजर शिव नारायण यादब,देबदह ब्रान्चका म्यानेजर सबिता बाग्ले ढुंगाना,बैकका कर्मचारी र शिक्षकहरुको उपस्थिति रहेको थियो।

आज भएको उक्त कार्यक्रममा सुनवल ब्रान्च म्यानेजर भवानी ढकाल ले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम संचालन परासी ब्रान्च म्यानेजर बोमकान्त न्यौपानेले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.