Bardaghat Na pa

सरावलको समृद्धिका लागि स्थानिय किसानहरुलाई ब्यवसायिक बनाउदै छौं ः अध्यक्ष सुखाडी प्रसाद चौधरी

जमिन र जागर अर्थात श्रमको सहि सदुपयोग गरे मात्र सम्भंव ,अध्यक्ष

93

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२
सरावल गाँउपालिकाको समृद्धिका लागि स्थानिय किसानहरुलाई आधुनिक प्रविधिको प्रयोगगर्दै ब्यवसायिक कृषि तर्फ उन्नमुख गर्न जरुरी रहेको सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भएको छ । अब निर्वाह मुखि कृषिले स्थानिय नागरीकहरुको जिनव स्तर नसुध्रिने भएकाले ब्यवसायिक कृषि तर्फ कृषकहरुलाई प्रेरीत गर्न जरुरी रहेको अध्यक्ष चौधरीले बताउनु भएको छ ।

सरावल गाउँपालिकाले बंगुर पालक किसानहरुका लागि प्रदान गरेको दुई दिने बंगुर पालन तालीमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले उक्त कुरा बताउनु भएको हो । सरावलका हरेक क्षेत्रमा रहेका किसानहरुको जिवनस्तर माथि उकास्नका लागि सबै भन्दा पहिले उनीहरुसंग भएको जमिन र जागर अर्थात श्रमको सहि सदुपयोग गरे मात्र सम्भंव रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।

सरावलका हरेक क्षेत्रका किसानलाई उनीहरुको चाहना र संभावना अनुसारको कृषि पेशामा आर्कषित गर्ने र ब्यवसायिक बनाउने लक्ष्यका साथ अहिले बंगुर पालक किसानहरुलाई तालीम प्रदान गरेको बताउनु भएको थियो । त्यसैगरी तालीममा सहभागि २५ जनालाई बंगुरका पाठा गरीद गर्न भनी २५ प्रतिशत अनुदान रकम स्वरुप ४ हजार नगद र बंगुरका पाठा पाठीलाई पोष्टिक आहार निःशुल्क वितरण गरीएको थियो ।

दुई दिन सम्म संचालन गरीएको तालीममा किसानहरुलाई बंगुरको पोष्टिक आहार र बंगुरलाई लाग्न सक्ने रोग र त्यसको उपचार विधिका वारेमा जानकारी गराईएको सरावल गाउँपालिका का पशु शाखा प्रमुख यम अर्यालले जानकारी दिनु भएको छ ।

सरावल गाउँपालिका वडा नम्वर २ का कार्यवहाक वडाध्यक्ष तुफानी लाल गुप्ताको अध्यक्षता र गाउँपालिका अध्यष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको तालीम समापन कार्यक्रममा स्थानिय समाजसेवी लगाएतको उपस्तिथी रहेको थियो ।