Bardaghat Na pa

स्थानियतहमा जग्गा बर्गिकरण समस्याको टुङ्गो लगाउन लेखापढी कानुन ब्यबसायीहरुको माग ।

79

कृष्ण ढकाल
बर्दघाट,भदौं–६
नेपाल लेखापढी कानुन ब्यबसायी एसोसिएसन नवलपरासीले जिल्लाका स्थानिय तहहरुमा ज्ञापन पत्र बुझाएका छन् ।

स्थानिय तहमा जग्गा बर्गिकरण समस्या को छिटोछरितो टुङ्गो लगाउनु पर्ने माग राख्दै स्थानिय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाईएको नेपाल लेखापढी कानुन ब्यबसायी एसोसिएसन नवलपरासीका बरिष्ठ सल्लाहकार रामनाथ शर्मा पौड्याले बताउनु भएको छ ।

पौडेलका अनुसार केन्द्रीय समितिको निर्णय अनुसार नेपालअधिराज्य भरीका स्थानिय तहमा जग्गा बर्गिकरण समस्या को छिटोछरितो टुङ्गोलागउन दबाव दिनका लागि आफुहरुले ज्ञापन पत्र दिएको हो ।
ज्ञापन पत्र दिन जिल्लाकार्यसमितीका अध्यक्ष चौथी प्रसाद कोहार,बरिष्ठ सल्लाहकार रामनाथ शर्मा पौड्याल,सचिव गणेश रेग्मी,कोषाध्येक्ष ऋषिश्वोर भट्टराई ,सदस्य ओम प्रकाश थारु लगाएतको टोली स्थानिय तहका प्रमुखहरुको कार्यकक्ष सम्म पुगेका थिए ।