Bardaghat Na pa

क्रान्तिकारी माओवादीद्धारा जनवर्गीय संगठन तथा मोर्चाको जिम्मेवारी हेरफेर

36

नवलपरासी

नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति पश्चिम नवलपरासीको बर्दघाटमा मंगलवार भएको बैठकले बिभिन्न जनसंगठन तथा जातीय मोर्चाहरुको नेतृत्व हेरफेर गरेको छ ।
बैठकले किसान, मजदुर,आदिवासी जनजाति र तमु मोर्चाको जिम्मेवारी हेरफेर गरेको जनवर्गीय संगठन तथा मोर्चाका ईञ्चार्ज समरले जानकारी गराउनुभयो ।
उहाँका अनुसार अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी० को जिल्ला संयोजकमा सुर्य सापकोटा , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक ज्ञान बहादुर केसी,अखिल नेपाल आदिवासी जनजाति महासंघको संयोजकमा दुर्गा नारायण थारु, तमु मुक्ति मोर्चाका जिल्ला संयोजकमा कमल तमुलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै बैठकले जनजाति महासंघको भेला भाद्र ३ गते देशभक्त जनगणतान्त्रिक मोर्चाका भेला भाद्र ६ गते बर्दघाटमा गर्ने निर्णय भएको मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै नगर गाउँ वडा तथा सेल कमिटीको भेला तथा प्रशिक्षण गर्ने समेत निर्णय भएको भण्डारीले बताउनुभयो । बैठकले जिल्ला कमिटीमा बसन्त, साका,संर्घषलाई पदोन्नति गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रतापुपुर र सुस्ता गाउँ कमिटीको जिम्मेवारी समेत हेरफेर गरिएको छ । जस अनुसार अनिललाई ईञ्चार्ज र कमललाई सेक्रेटरीको जिम्मेवारी दिइएको जनाइएको छ ।
सो अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले स्थानीय मुद्धाहरुको पहिचान तथा मिटर ब्याजबाट पीडितहरुको आन्दोलनलाई उठान गर्दै राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा संर्घष उठान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
बैठकमा आर्थिक हरहिसाव पारित गरिनुका साथै आर्थिक टीम समेत पुर्नगठन गरिएको जिल्ला सेक्रेटरी चोलाले बताउनुभयो । जिल्लाको पुर्ण बैठक अघि प्रदेशमा प्रतिनिधित्व गर्ने प्र्रदेश सदस्य तथा जिल्ला सचिवालयको समेत बैठक भएको थियो ।