Jilla Ban Notis

नवलपरासीको सरावल २ मा छठ पुजाको लागी तयारी तीब्र पारियो

0 60

बर्दघाट,कार्तिक–२२
छठ पर्व आउनै लाग्दा पश्चिम नवलपरासीको विभिन्न ठाउको ताल तलैया, नदी, पोखरीलाई सरसफाई गर्न थालिएको छ । तिहार र भाइटिका सकिए लगत्तै यति बेला छठ ब्रत बस्नेहरु आ आफ्नो पायक पर्ने ठाउमा सरसफाईमा ब्यस्त छन भने तराई–मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न पनि व्यस्त देखिएका छन् । अहिले नवलपरासीमा तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

यसैबीच, पश्चिम नवलपरासीको सरावल २ तिलौलीमा पनि छठ पुजा ब्यवस्थापन समिति र छठ व्रतालुहरुको सक्रियतामा पोखरी सरसफाई कार्य आइतबार देखी सुरु भएको छ । छठ पुजा ब्यवस्थापन समितिको आयोजना तथा सरावल गाउपालिकाको वार्ड नम्बर २ को वार्ड कार्यालय र सरावल गाउपालिकाको सयुक्त सहयोगमा तिलौली छठ घाटमा वृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष शेष नरायन रायले जानकारी दिनुभएको छ ।

लोपनिय अवस्थामा रहेका कला सस्कृतिलाई जगेर्ना गर्दै विगत चार बर्ष देखी यस तिलौली गाउको बिच पोखरीमा वृहत सास्कृती कार्यक्रमको आयोजना गर्दै आइरहेको र यसबाट समाजिक र तथा धार्मिक सदभाव पनि बढ्दै गएको समतिका सचिव टेक बहादुर हरिजनले जानकारी दिदै यस सास्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुन आग्रह समेत गर्नुभएको छ ।

सरावल गाउपालिकाको वार्ड नम्बर २ मा मात्रै तिलौली, अत्रहटी, दगिंया, मनरी लगाएतका नदी तथा पोखरीहरुमा छठ व्रत गर्ने व्रतालुहरुको भिड हुने गरेको छ । छठ पूजाका लागि राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् ।यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

Leave A Reply

Your email address will not be published.