Jilla Ban Notis

लुम्विनी प्रदेशमा ४० अर्व ९५ करोड ९७ लाख रुपियाँको नयाँ बजेट

0 38

बुटवल, असोज २०

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले आर्थिक बर्ष २०७८/०७९ का लागि ४० अर्व ९५ करोड ९७ लाख रुपियाँको नयाँ बजेट प्रस्तुत गर्नुभएको छ । मन्त्री खड्काले बुधवार प्रदेश सभामा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपियाँ र पुँजीगततर्फ २२ करोड ४७ करोड १५ लाख रुपियाँ विनियोजन गरिएको छ ।
उक्त रकम कुल बजेटको चालुतर्फ ३३ दशमलव ३१ प्रतिशत र पुँजीगततर्फ ५४ दशमलव ८७ प्रतिशत रहेको छ । बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपियाँ अर्थात ११ दशमलव ८२ प्रतिशत विनियोजन गरिएको छ ।
प्रस्तुत बजेटमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम खारेज भएको छ । उक्त कार्यक्रमलाई मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका रुपमा कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।
बजेटमा लुुुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मुटु रोगका विरामीका लागि उपचारमा सहज होस भन्ने उद्देश्यले प्याथ ल्याव स्थापना गर्न १० करोड रुपियाँ विनियोजन गरिएको छ ।
प्रदेशका १२ जिल्लामा एकीकृत शहर निर्माण गर्न संभाब्यता अध्ययन गर्ने, बुटवल पाल्पा सडक खण्डको सिद्धवावा क्षेत्रको जोखिमलाई मध्यनजर गर्दै बुटवलको चरंगे झुम्सा बैकल्पिक बाटो निर्माण गर्ने, यस अघिको सरकारले सुरु गरेको बर्षीय आयोजनालाई निरन्तरता दिने बजेटमा उल्लेख छ ।
त्यसैगरी प्रदेशमा विद्युतीय बस खरिद गर्न प्रोत्साहन गर्ने, लुम्विनीलाई लगानी हबको रुपमा विकास गर्ने, अर्को बर्ष लगानी सम्मेलन गर्ने, लुम्विनी प्रदेश बैंक स्थापना गर्ने, प्रदेश तथ्याँक कार्यालय स्थापना बजेटले समावेश गरिएको छ ।
बुटवल धागो कारखाना स्थापना सञ्चालनका लागि पहल गर्ने, कपास खेतीलाई प्राथमिकता दिने, पत्रकार दुर्घटना विमा कार्यक्रम लागू गर्ने पनि बजेटमा परेको छ ।
नारा
यसैगरी सम्मृद्ध लुम्विनीः आत्मनिर्भर प्रदेश, प्रदेशका दुर्गम जिल्ला र स्थानमा घर दैलोमा डाक्टर कार्यक्रम, जेष्ठ नागरिक आवास ग्राम संभाब्यता अध्ययन गर्ने, द्वन्द्व प्रभावितलाई रोजगार कार्यक्रम सञ्चालन गर्ने र प्य्ुठानको स्वर्गद्वारीमा केबुलकार निर्माण गर्ने बजेटमा उल्लेख छ ।

गोरखापत्र अनलाइन

Leave A Reply

Your email address will not be published.