Jilla Ban Notis

पश्मिच नवलपरासी जिल्लाको महेशपुर भन्सार नाका आज देखि खुल्ला ।

0 20

कृष्ण ढकाल

बर्दघाट,असोज–१७

करिव १९ महिना देखि बन्द रहेको पश्मिच नवलपरासी जिल्लाको महेशपुर भन्सार नाका आज विहान ७ ः ३० बजे देखि खुल्ला भएको छ । नेपाल तर्फको नाका हिजो देखि खुल्ला गरी महेशपुर नाकामा हेल्पडेक्स समेत स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नावय उपरिक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी गराउनु भएको छ ।

कोभिड–१९ का कारण महेशपुर नाका बन्द हुदा नेपालका स्थानिय सिमावर्ती क्षेत्रका नागरीकहरुलाई बजार गर्न कहि समस्या सृजना भएको थियो । सिमावर्ती क्षेत्रका मानिसहरु भारतीय बजारमा गएर आफुलाई चाहिने दैनिक उपभोग्यवस्तुहरु खरीद गर्ने बानी परेकाले उनीहरुले नाका बन्दका बाबजुत पनि अन्य वाटाहरुको प्रयोग गर्दै भारतीय बजार जाने गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.