Bardaghat notish

भु.पु.सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालको जागरण अभियान तिव्रपारीदै

186

बर्दघाट,साउन–२७
सँयुक्त भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालको जागरण अभियान अन्र्तगत महासंघले बुधबार पश्चिम नलवपरासीका विभिन्न स्थानहरुमा भुपु सैनिक तथा तिनका परिवार संग अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सयुक्त भुतपुर्व कल्याणकारी संस्था बर्दघाट ९ पञ्चनगरको आयोजनामा पञ्चनगरमा सस्थाका अध्यक्ष पुर्णमान श्रेष्ठको अध्यक्षता र भुपु सैनिक कल्याणकारी सस्था बर्दघाट ५ पालडाडाको आयोजनामा चौपत्तमा सस्थाका अध्यक्ष क्यापटन मान बहादुर थापाको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्यक्ष कर्णेल धन बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जागरण अभियान अन्र्तगत महासंघका सह अध्यक्ष क्यापटन किसन थापा, महासंघका केन्द्रिय महासचिव सुबेदार कुल बहादुर केसी, महासंघका रुपन्देही सचिव पदम प्रताप जिसि लगाएतले भुपु सैनिक तथा तिनका परिवारहरुमा पर्ने समस्या, कानुनी जटिलता र सरकारले दिने सेवा सुविधा बारे जानकारी गराउनुभएको थियो ।
केन्द्रिय समितिका पदाधिकारीहरुले बुधबार नै भुपु सैनिक कल्याणकारी सस्थाद्धारा बर्दघाट १२ चौपत्तामा निर्माणाधिन भुपु सैनिक सभा सभाहल तथा राम मन्दिर धामको अनुगमन समेत गरेका थिए ।
महासंघले पश्चिम नवलपरासीको सुनवल ४ मा करिब १० करोडको लागतमा विभिन्न संरचनाहरु सहित बिर गोर्खा शहिद स्मारक पार्क निर्माण कार्य अगाडी बढाएको महासंघका केन्द्रिय सचिव क्यापटन मान बहादुर थापाले जानकारी दिनुभएको छ ।
महासंघले थालेको अभियान नवलपरासी पश्चिम, रुपन्देही सहित देशभर ७७ वटै जिल्लामा सञ्चालन गरिने लक्ष्यका साथ अघि बढिएको महासंघका रुपन्देही सचिव पदम प्रताप जिसिले जानकारी दिनुभएको छ ।