Palhinandan Notish sadabahar

नगरका राजनीतिक दल र राष्टिय युवा संघको आपत्ती

0 17

फूलकुमारी
नवलपरासी, चैत्र ३०
नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत सामग्री प्रति जिल्लाका सर्वदलिय प्रतिनिधीहरुले आपत्ती जनाएका छन् ।नेकपाका जिल्ला सचिवालय सदस्य तथा रामग्राम नगर इन्चार्ज बुद्धन अली, समाजवादी पार्टीका राजेन्द्र प्रसाद यादव, राप्रपाका नगर अध्यक्षरामभवन यादव, स्वतन्त्र राजनितिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डेले संयुक्त रुपमा हस्ताक्ष गरी आपत्ति जनक ज्ञापन पत्र आज जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा बुझाइएका छन् । देशको संकटकालिन अवस्थामा समेत गरीब तथा विपन्न वर्गलाई लापरबाही रुपमा राहत वितरण गरिएकोले त्यसको तत्कालै छानविन गरीकारवाही गर्न माग गरिएको छ । राहत सामाग्री वितरण गर्दा आवश्यक मापदण्ड अनुरुप विपन्न वर्गलाई नै वितरणको व्यवस्था अविलम्ब गर्न,गराउन समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

त्यसै गरी राष्टिय युवा संघ नेपालले पनि यस्तो गल्ति नदोराउन र नगरका अतिविपन्न तथा मञ्जुर वर्गका घरपरिवारलाई गुणस्तरयुक्त खाद्यान्न सामग्रीको तत्काल.वितरणको व्यवस्था गर्न समेत माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.