Bardaghat Na pa

गुरुपूर्णीमाको दिन सुस्ताका स्थानियवासीहरुले माहाभिनिष्क्रमण दिवस मनाए

466

कृष्ण ढकाल
बर्दघाट,असार–२७
बुद्धको महाभिनिष्क्रमण स्थल सुस्ता–५,अनुमाघाट (ठाडी घाट) लाई नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा गरेसँगै गुरुपूर्णीलाइ सुस्ताका स्थानियवासीहरुले  माहाभिनिष्क्रमण दिवसका रुपमा मनाएका छन ।
अनुमाघाटमा रहेको अनोमा प्रबज्या स्थलका आयोजना गरीएको प्रथम माहाभिनिष्क्रमण दिवस २०८२ तथा गुरु पूर्णिमाको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल सरकारको आधिकारीक निकायवाट अनुमाघाटलाई धार्मिक पर्यटनको एक नयाँ गन्तव्य बनाएको प्रति हार्दिक आभार प्रकट गरेका थिए । उनीहरुले धार्मिक पर्यटनको एक नयाँ गन्तव्य बनेसंगै अब सुस्ताको समग्र विकासमा थप टेवापुग्ने उनीहरुको भनाई हरेको थियो । विषेशगरी स्थानिय क्ष्ँेत्रको विकासमा धार्मिक पर्यटनको एक नयाँ गन्तव्यले ठूलो फडको मार्ने संभावना रहेकाले सबैले यस्ताकार्यमा सामुहिक प्रयास गर्नु पर्ने उनीहरुको भनाई रहेको थियो ।
सर्व धर्म शान्ति समाज मिसन अनोमा नेपालको आयोजना,सुस्तागाउपालिकाको सह आयोजना र सिद्धार्थ बुद्ध विहार सुस्ता–५,अनोमाघाटको सहकार्यमा भएको उक्त कार्यक्रम सुस्ता–३का वडा अध्यक्ष हरिलाल दुसादको प्रमुख आतिथ्यता र मुन्सी कुमार हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अनोमघटलाई नेपाल पर्यटन बोर्डबाट प्रबज्जा स्थल घोषणा भएको अवसरमा दिप प्रज्वलन सहित स्थानीयलाई जानकारी गराउन आयोजना गरीएको कार्यक्रमकोमा सुस्ता–५,वडा अध्यक्ष प्रभुनाथ यादव,अशोक मानन्धर ,मिसन अनोमा नेपालका सुग्रिव यादव,ज्ञान ब.राना,रामकिसुन गौतम,मिना क्षेत्री,वाल्मीकि हरिजन,रामु बि।क।संन्तोष हरिजन,ईन्द्रजीत,राज कुमार,गोपी लोनिया,लगायत बुद्ध धर्मावलम्बीलेहरुको सहभागीता रहेको थियो ।