Bardaghat Na pa

बर्दघाट हिलपार्कले उब्जाएका ५ रचनाहरु

662

१) श्रम पसिना चुरेको पाखामा

२०८२ साल जेठको महिना
बर्दघाटका अभियान्ता गए चुरे घुम्न
विश्व वातावरण दिवस शुभदिन पारी
वृक्षरोपण गर्न थाले श्रम पसिना झारी
त्यो दिनत २-४ जनको पसिना श्रम बगे
दिनैपिच्छे मानिसहरू श्रम गर्न बढे
असारको तेस्रो हप्ता आइपुग्दासम्म
बालबालिका महिला समेत हुनथाले जम्मा
दिनदिनै बढ्न गयो श्रम गर्ने मन
नगरका उपप्रमुख गए श्रम गर्न
जनतासंग एकाकार भै लागे माया साट्न
जनताले माया स्वरुप दिए वृक्ष रोप्न
पत्रकार कृष्ण ढकाल लागे ब्याख्या गर्न
भन्न थाले सबै लागौं प्रकृति प्रेम गर्न
क्यामराले देखाउँदै थिए उत्तर तानसेन
कुडिया र नारायणी देखियो छ भन्छन
यसैगरी जाग्न सके हुन्थ्यो अन्त पनि
जागे मात्र हुनसक्छौं हामी सबै धनी
सुविधाका कुरा मात्र निर्माण गर्ने हैन
संरक्षण र उत्पादन नभै केही छैन
श्रम पसिना चुरेको पाखामा ,राखिरहुँ झै लाग्यो आँखामा

– नारायणदत्त घिमिरे @ २०८२ असार २१

 

२)  चार हाइर्कु

आरोग्य तन
स्वयं सुन्दर प्रकृति
धन्य ती मन ।
मयूर स्वर
पाइला यत्र तत्र
दृष्य अपार ।
देख्दा सम्पूर्ण
प्रकृति रस पान
तृष्णा अपूर्ण ।
बर्दघाट यो
नाभि भित्र कस्तूरी
छ है सबैको ।
                   – रुद्रप्रकाश उपाध्याय @ २०८२ असार २१

 

 

३) बर्दघाट हिलपार्क

आहा ! सबैका गफमा दम देखिन्छ

बर्दघाट नगरमा विकास कम देखिन्छ ।

 

हिलपार्कबाट सुनवलकाे रमझम देखिन्छ

बिस्तारै विस्तरै हिलपार्क हेर्दा सुन्दर देखिन्छ ।

 

चुरे हाँसेकाे मानिस नाँचेकाे चाैपारी भेटिन्छ

उकालाे चढ्दा लागेकाे थकाई बसेर मेटिन्छ ।

 

चुरेमा पानी राेक्नलाई हामी पाेखरी खनिन्छ

बिग्रेकाे बानी सुधार्न पनि गुरु नै चाहिन्छ ।

 

सातभाई जाँदा चारतिर देख्दा याेजना बुनियाे

कतिका मुखले उपमा देकाे यै कानले सुनियाे ।

 

ढुङ्गा र काठका मुर्ति राखी फुलवृक्ष राेप्ने हाे

अहिलेलाई हैन भाेलिका लागि सबैले साेच्ने हाे ।

 

गुल्माेहर फुल्छ, आँप बेल फल्छ पुस्तालाई दिनेहाे

संसार छाेड्दा इतिहास छाेडओैं केपाे लिने हाे ।

कुस्माकर ढकाल (कृष्ण)  @ २०८२ असार २१

 

४) चुरे पहाडको साथ बिहानी पदयात्रा गरौं

एक पाइला आफ्नो लागि

अर्को पाइला चुरेको लागि !

आउनुहोस् !

चुरे पहाडको साथ बिहानी पदयात्रा गरौं। 

शीतल हावा, हरियाली डाँडामा शरीर

मन र आत्मालाई जागृत बनाऔं।

चुरे हाम्रो जीवनसँग जोडिएको

अमूल्य सम्पदा हो।

हाम्रो सानो प्रयासले

भोलिको पुस्तालाई

सुन्दर र संरक्षित चुरे

हस्तान्तरण गर्न सकियोस्।

सहभागी बनौं

सन्देश फैलाऔं।

जय चुरे, जय प्रकृति !

              – डोर बहादुर खत्री (दिलीप)

 

५) बर्दघाटको काखमा

बर्दघाटको काखमा
हरियालीको बास
पार्कको माझमा
रमाइलो आकाश।
इन्द्रेणी झुल्कियो
सात रङमा हाँसी
सपना जस्तै लाग्यो
शान्तिको आभासी।
साथि-भाइ जुट्यौं
हातमा हात थाम्दै
मनका रङहरू
खुला आकाशमा सज्दै।
रातो हो उत्साह
नीलो गहिरो माया
हरियो चाहनामा
छ प्रगतिको छाया।
न त कुनै सीमा
न घेरा न त डर
सपना बुन्छौं यहाँ
मुस्कानको शहर।
इन्द्रेणी हाम्रो झ्याल
भविष्यको झुल्का
पार्कमा रमायौं हामी
मनसँगै पुल्का।
            जितिन श्रेष्ठ ( तिजु)