कृष्ण ढकाल
बर्दघाट ,असोज–८
दर्शै शुरु भएसंगै पश्चिम नवलपरासीमा बजार अनुगमनलाई तिव्रता दिइएको छ ।
दशैं ,तिहार र छठ् लगाएतका मुख्य चाडपर्वहरुलाई लक्षित गरेर विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि बर्दघाट नगरपालिकाले बजार अनुगमनको कार्यलाई कडाइका साथ लागेको नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ ।
अन्य समय भन्दा मुख्य चाडपर्वहरुका वेला छुट र स्किमको लोभ देखाएर उपभोक्ताहरुलाई बिभिन्न बहानामा सहज कालो बजारी गर्ने र ठग्न सक्ने संभावना भएको हुदँ बजार अनुगमनलाई तिव्रपारिएको उपप्रमुख उपाध्यायकोे भनाई छ ।
आज (बुधवार) बर्दघाट नगरमा सञ्चालनमा रहेका मार्ट तथा खाद्य पसलहरुको अनुगमन गरीएको थियो । अनुगमनका क्रममा केहि डेटस्पाएर जुस,पयाकेजिङ्ग गरेका खाद्यवस्तु ,विस्कुट ,चिप्स,सस लगाएतका वस्तु अनुगमन टोलिले बरामत गरेको छ ।
यसरी बरामत गरीएका बस्तुलाई प्रक्रिया पुर्याएर नष्टगरीने अनुगमन निरिक्षक तथा नगरका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले बताउनु भएको छ ।

त्यसैगरी अनुगमन टोलीले पसल दर्ता तथा नविकरण गरे नगरेको ,मुल्यसुची र पसलको साईबोड भए नभएको, म्याद सकिएका सामानहरुको ब्यवस्थापन गरे नगरेको आदिका वारेमा सञ्चालकहरुसंग बुझने ,हेर्ने र सुझब दिनुका साथै गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि अनुगमनलाई तिव्रपारिएको बर्दघाट नगर उद्योग वाणीज्य शाखाका लीलबहादुर चौधरीले बताउनु भयो ।

नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्यायलको संयोजकत्वमा रहेको अनुगमन टोलिमा बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल,उपभोक्ता हकहित संरक्षण मञ्च नेपालका बर्दघाट नगर सचिव तथा बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,बर्दघाट,बर्दघाट ब्यापार संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपाने,नेपाल प्रहरी,नगर प्रहरी लगाएतको सहभागिता रहेको थियो ।
