कृष्ण ढकाल
बर्दघाट,असोज–१९
११ वर्षीय बालविदूषी अनुराधा पाण्डे त्रिवेणीमा चलीरहेको धार्मिक महामहोत्सवमा आउने भएकी छन ।
त्रिवेणी धाममा गीता मन्दिर निर्माण गर्ने उद्धेश्यले आयोजना गरीएको ऐतिहासिक महामहोत्सवमा श्रीमद्भागवत महापुराण कथा प्रवचनका लागि कार्तिक ८ गते बालविदूषी अनुराधा पाण्डे त्रिवेणी आउने कार्यक्रम तयगरीएको आचार्य नारायण कृष्णले बताउनु भयो ।
कार्तिक ९ गते देखि १५ गते सम्म ११ वर्षकी बालविदूषी सुश्री अनुराधा पाण्डेले श्रीमद्भागवत महापुराण कथा प्रवचन गर्नेछन । विनय त्रिवेणी गाउँपालिका वडा नम्बर– ६,त्रिवेणीमा “चतुर्मास सत्संग एवं महाभारत कथा प्रवचन तथा एक करोड दीप प्रज्वलन धार्मिक महामहोत्सव २०८२ सञ्चालन भैरहेको छ ।
श्रीहरि आध्यात्मिक प्रतिष्ठान“,पश्चिम नवलपरासीले विनय त्रिवेणी गाउँपालिका वडा नम्बर– ६ मा रहेको राधाकृष्ण मन्दिरमा गत असार २२ गतेको हरिशयनी एकादशी देखि धार्मिक महामहोत्सव सञ्चालन गर्दै आएको छ ।
कार्तिक १९ गते सम्म सञ्चालन हुने धार्मिक महामहोत्सवबाट संकलन भएको रकमले त्रिवेणी धाममा निर्माण गरीने ऐतिहासिक गीता मन्दिरको भित्तामा ७ सय श्लोकहरूमा ७ सय कर्ताहरूको नाम सिङ्गमरमरमा लेखेर टाँसिने श्रीहरि आध्यात्मिक प्रतिष्ठान नेपालका अध्यक्ष आचार्य नारायण कृष्णले बताउनु भएको छ ।
