कृष्ण ढकाल
बर्दघाट,असोज २६
ग्रामिण वाल्मिकी बचत तथा ऋण सहकारी संस्थाको ३२ औं वार्षिक साधारण सभा अन्तर्गत बर्दघाट सेवा केन्द्रको सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्ष्ँता,उपाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालीको स्वागत र सचिव राधा ढकाल एवं सह–सचिव कृष्ण प्रसाद गौतमको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।
बर्दघाट दाउन्ने पार्टी प्यालेसमा भएको सभामा अध्यक्ष,सचिव,कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत हुनुका साथै सर्बसम्वत रुपमा सभामा सहभागिहरुबाट पारित समेत भएको छ ।
नवलपरासी जिल्लालाई आफ्नो कार्यक्ष्ँेत्र बनाएको यस संस्थामा अहिले शेयरपुंजी ८ करोड,१६ लाख ६ हजार १ सय पुगेको छ भने बचत संकलन ९७ करोड २३ लाख ९२ हजार २ सय ३३ रुपैया रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
त्यसैगरी संस्थाले ७८ करोड ९३ लाख २९ हजार २१ रुपैया ऋण लगानी गरेको र ९ करोड ४२ लाख ४५ हजार ८ सय ३७ रुपैया जगेडा कोषमा राखेको जनाएको छ । अहिले संस्थागत पूँजी ९ करोड ४३ लाख २४ हजार १ सय ५५ रुपैया रहेको प्रतिवेदनमा देखाईएको छ ।
उदय मिरमिरे,बर्दघाट,स्वर्णीम,बाल्मिकी र दाउन्नेदेवि गरी चारवटा सेवाकेन्द्र सहित जिमिरेभारमा केन्द्रिय कार्यालय स्थापना गरेर आफ्नो सेवा शुरु गरेको ग्रामिण वाल्मिकी बचत तथा ऋण सहकारी संस्थामा अहिले १२ हजार ६ सय ३६ जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।
बर्दघाट सेवा केन्द्रको क्षेत्रगत वार्षिक साधारण सभामा बोल्दै संस्थाका सल्लाहाकार बद्री खनालले अहिले देशमा आर्थिक संकट रहेको अवस्थामा सहकारी सबैको सारथी बन्न सक्नेमा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो । सहकारीलाई ब्यवस्थीत र मर्यादिन बनाएर पारर्दशी रुपमा सञ्चालन गर्नेहो भने सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई कहिल्ये आर्थिक संकट नपर्ने बताउनु भएको थियो ।
त्यसैगरी संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालले संस्थाले लगानी गरेका ऋणीहरुले संस्थाको ऋण नतिर्दा संभावित जोखिमका लागि प्रोविजन रकम राख्नु पर्दा शेयर सदस्यहरुलाई नाफा लिन नसकेको बताउनु भएको थियो ।
ग्रामिण वाल्मिकी बचत तथा ऋण सहकारी संस्था अहिले पनि भण्डै ९ करोड नाफामा रहदा रहदै पनि ऋण सुरक्षण कोषमा २ करोड २८ लाख ६२ हजार ६ सय २९ रुपैया र १ बर्ष सम्म किस्ता तथा ब्याज केहि पनि नदिने शेयर सदस्यहरुको ९ जोखीम रकम० ६ करोड १९ लाख रुपैया घटाएर ५२ लाख ९१ हजार ५ सय १२ रुपैया शुद्ध नाफा रहेको अध्यक्ष हमालको भनाई थियो ।