कृष्ण ढकाल
बर्दघाट ,असार –२५
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक कार्यक्रमका विच अर्काे नयाँ डिप बोरिङ्ग गडान कार्यको सिलन्यास गरेको छ । बर्दघाट–४, बाढीपिडितको नवकालिका टोलमा रहेको संस्थाको खानेपानी टंकी भएको स्थानमा नयाँ डिप बोरिङ्ग गडान कार्यको शुभारम्भ गरीएको हो ।
संस्थाका अध्यक्ष दिपक लम्सालले पुजा अर्चना गरी शुरु गर्न भएको डिप बोरिङ्ग गडान कार्यको सिलन्यास कार्यक्रममा कार्यसमिति ,सल्लाहकार, तथा बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तिहरुको उल्ल्ेखनिय उपस्थिती रहेको थियो ।
खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय,बुटवलको ३४ लाख ७७ हजार २ सय ६३ रुपैयाको लागतमा निर्माण हुन लागेको डिप बोरिङ्ग गडान कार्यको जिम्मा शैलुङ कन्ट्रक्सनले लिएको छ । ६ महिन भित्र निमार्ण कार्य सम्पन्न गरेर हस्तान्त्रण गर्नेगरी जिम्मा लिएको निमार्ण कम्पनीका अमृत खड्काले जानकारी गराउनु भएको छ ।
बाढीपिडितमा रहेको खानेपानी बोरीङ्ग बिग्रीएका कारण अहिले उक्त परिसरमा डिप बोरिङ्ग गडान कार्यशुर गरीएको संस्थाका अध्यक्ष दिपक लम्सालले बताउनु भएको छ।
बर्दघाटमा संस्थाको परिसरमा ३ वटा र बाढीपिडीतमा एउटा बिग्रीएको र एउटा नबिग्रेरको डिप बोरिङ्ग रहेका छन। त्यसैगरी जंगलको मुहान क्ष्ँेत्रबाट समेत २ वटा मुलको पानी शुद्धिकरण गरेर ल्याइएको छ ।
१८ हजारबढी जनसंख्या रहेको सेवाक्षेत्रमा ४ हजार २ सय २ जना उपभोक्ताहरुलाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गरीएको संस्थाका सचिव शोभकान्त कोईराला (शिव)ले बताउनु भएको छ । त्यसैगरी बर्दघाट नगर सरकारले अघिसारेको एक घर एक धारा अभियानलाई सहयोगगर्दै नगर स्तरीय प्रयोगशाला समेत खानेपानीकै कार्यलयमा सञ्चालनमा ल्याईएको छ ।