कृष्ण ढकाल
बर्दघाट,असार–२३
रक्तदान जीवन दानू भन्ने मुल नाराका साथ रिटर्नी फेडेरेसन नेपाल नवलपरासी र मदन भन्डारी फाउन्डेसन् नवलपरासीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सुस्ता –२ महलवारि चोकमा रहेको नवदुर्गा मन्दिरको सभाहलमा भएको रक्तदान कार्यक्रम २४ जनाले रक्तदान गरेको रिटर्नी फेडेरेसन नेपाल नवलपरासीका अध्यक्ष खगेन्द्र अर्यालले जानकारी गराउनु भएको छ । जस्मध्ये २२ पुरुष र २ महिला रहेका छन ।
रिटर्नी फेडेरेसन नेपाल नवलपरासीका सस्थापक अध्यक्ष एवम् केन्द्रिय सदस्य चिरञ्जीवी खरालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य खरालले रक्तदान कार्यक्र आफैमा मानविय सेवा र पुण्यको काम भएको बताउनु भएको थियो ।
कुनैपनि ब्यक्तिहरुले पैसा र रगतको अभावले ज्यान गुमाउनु नपरोस भन्ने भनाईलाई सार्थक बनाउन रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले आयोजना गेको रक्तदान कार्यक्रम आफैमा महत्पवूर्ण रहेको खरालको भनाइ थियो ।
रिटर्नी फेडेरेसन नेपाल नवलपरासीका अध्यक्ष खगेन्द्र अर्याल (राजु )को अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य रुद्र आले , मदन भन्डारी फौउन्डेसन नवलपरासी अध्यक्ष श्यामकुमार बस्याल , राम प्रसाद पान्डे , युव राज डुम्रे ,इन्द्र कुमारी थरुनी , पत्रकार कृष्ण ढकाल लगाएतको उपस्थिति रहेको थियो ।
नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बिभिन्न सामजिक संघ संस्था र समुहका ब्यक्तिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।