Bardaghat Na pa

साप्ताहिक हाटबजार ब्यवसायी संघले पिडित ब्यवसायीलाई आर्थिक सहयोग गर्यो

515

कृष्ण ढकाल
बर्दघाट,असार–२३
साप्ताहिक हाटबजार ब्यवसायी संघ,पश्चिम नवलपरासीले कपडा ब्यवसायी स्व.मोहम्मतईसा मियाको परिवारलाई १० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
२०३२ सालदेखि साप्ताहिक हाटबजारहरुमा कपडा ब्यवसाय गर्दैआउनु भएका मोहम्मतईसा मियाको क्यान्सरका कारण गत चैत्र महिनामा मृत्यु भएको थियो ।
मिया परिवारको आर्थिक अवस्था समेत कम्जोर रहेका कारण थोरै भएपनि सहयोग पुगोस भन्ने हेतुले स्व.मोहम्मतईसा मियाकी श्रीमति फैजुन निसामियालाई दशहजार रुपैया आर्थिक सहयोग गरेको साप्ताहिक हाटबजार ब्यवसायी संघ,पश्चिम नवलपरासीका अध्यक्ष अध्यक्ष सागर वि.क.( शिशिर)ले जानकारी गराउनु भएको छ । ब्यवसायीहरुको हक र अधिकारका लागि गठीत समितिले अब देखि ब्यवसायीहरुको दुःखमा समेत सहयोग गर्ने बानीको विकास गर्ने उद्धेश्य लिएर सानो भएपनि आर्थिक सहयोगको कार्यथालनी गरीएको अध्यक्ष वि.कले बताउनु भएको छ ।

बर्दघाट –७,माकरमा रहेको सोमवारे साप्ताहि हाटबजारमा आज अध्यक्षको हातबाट १० हजार रुपैयाको चेक हस्तान्त्रण गरीएको थियो । सो अवसरमा समितिका उपाध्यक्ष अञ्जली कोईराला लगाएत ब्यवसायीहरुको उपस्थिती रहेको थियो । बर्दघाट –७, जिमिरेभार निवासी स्व.मोहम्मतईसा मियाको घरपरिवारमा अहिले ४ जनाको परिवार रहेको छ ।